
विराटनगर महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पहिलोपटक खाता खोलेको छ । वडा नं. १३ को वडाध्यक्षमा सूर्यलाल यादव ५९ मतले विजयी भएसँगै राप्रपाले महानगरमा पहिलो जितको खाता खोलेको हो ।
बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार यादवले ६ सय २८ मत पाएका छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका अमोदकुमार झाले पाँच सय ६९ मत प्राप्त गरे । प्रतिस्पर्धीहरू किशोरकुमार पोखरेलले पाँच सय ५८ र जसपाका झरिलाल महतोले तीन सय ८८ पाए ।
०७४ को निर्वाचनमा विराटनगरको १३ नम्बर वडामा तत्काल संघीय समाजवादी फोरम (हाल जसपा) ले जितेको थियो । ०७४ को निर्वाचनमा विराटनगर महानगरपालिकामा राप्रपाले एउटा पनि वडामा जित सुनिश्चित गराउन सकेको थिएन ।