१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ जेठ ४ बुधबार ०७:२७:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

विराटनगरमा नागेश र शिल्पाको फराकिलो अग्रता

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ जेठ ४ बुधबार ०७:२७:००

विराटनगर महानगरपालिकाको मेयर पदमा सत्तागठबन्धनतर्फका उम्मेदवार कांग्रेसका नागेश कोइरालाले फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् । कोइरालाले उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार सागर थापाले भन्दा दुई हजार आठ सय एक मत अन्तरले अग्रता लिइरहेका हुन् ।

कोइरालाले ११ हजार आठ सय ७६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी सागर थापाले नौ  हजार ७५ मत प्राप्त गरेका छन्। यसैगरी स्वतन्त्र उम्मेदवार उमेद यादवले तीन हजार नाै सय २७ र राप्रपाका प्रह्लाद साहले दुई हजार पाँच  सय ३९ मत पाएका छन् ।

यसैगरी उपमेयरतर्फ एमालेकी उम्मेदवार शिल्पा कार्कीले पनि चार हजार ४४ फराकिलो मतान्तरले अग्रता लिइरहेकी छिन् । कार्कीले १० हजार चार सय २६ मत प्राप्त गरेकी छिन् । सत्तागठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवले ६ हजार तीन सय ८२ मत पाएका छन् । राप्रपाकी बिन्दाकुमारी लुइँटेल आचार्यले तीन हजार ६५ मत र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले दुई हजार एक सय ९९ मत पाएकी छन् ।