१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १७:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

झापाको कमल गाउँपालिकामा सहमति, भोलिबाट मत गणना गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:४९:oo

झापाको कमल गाउँपालिकामा सोमबार रातिदेखि रोकिएको मतगणना पुनः सुरु गरिने भएको छ। भोलि बुधबारबाट गणना सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए। 

मतगणनाको क्रममा एमालेले प्राप्त गरेको मतभन्दा धेरै जोडेको भन्दै गठबन्धनले गणना रोकेका थिए। प्रमुख जिल्ला अधिबारी छविलाल रिजाल, निर्वाचन कार्यालय झापाका प्रमुखसहित बसेको बैठकले भोलिबाट गणना सुरु गर्ने निर्णय गरेको हो। गणनामा निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतबाहेकका सबै कर्मचारी परिवर्तन गर्ने सहमति भएको छ। 

'जिल्लाबाट कर्मचारी खटाएर गणना गर्ने सहमति भएको छ,' नेपालले भने। कमल गाउँपालिकामा ३ वटा वडाको गणना सकिएको थियो। दुईवटा वडामा गठबन्धन र एउटामा एमाले विजयी भएको छ। अध्यक्षमा गठबन्धनका हुकुमसिंह राई अगाडि छन्। निर्वाचन कार्यालयले अब यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएको अध्यक्षका प्रत्यासी हुकुमसिंह राईले बताए। 

'निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत आयोगले नै परिवर्तन गर्नुपर्ने रहेछ। उहाँहरूबाहेक बाँकी कर्मचारी परिवर्तन गर्ने सहमति भएको छ,' उनले भने,' वडा नम्बर १ देखि ३ सम्मकै अंक रिटोटिलङ गर्ने सहमति पनि भएको छ।' 

गौरीगन्जमा सोमबार बिहानबाट गणना स्थगित छ। मतदान सकिएपछि गरिएको मुचुल्का र गणना गर्दाको मतपत्रमा संख्या नमिलेपछि कांग्रेसले अवरोध गरेपछि गणना स्थगित छ। त्यहाँ पनि सहमतिको प्रयास भइरहेको नेपालले बताए। यसअघि दुई दिनदेखि स्थगित भएको शिवसताक्षी नगरपालिकाको मत गणना पनि सुचारु भइसकेको छ।
 

ad
ad