१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ३ मंगलबार
  • Saturday, 29 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ३ मंगलबार १३:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

ललितपुरको महाँकालमा गठबन्धनका उम्मेदवार विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ३ मंगलबार १३:३४:oo

०७४ को निर्वाचनमा ललितपुरको महाँकाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित चारवटा वडामा जितेको एमालेले यसपटक भने पराजय व्यहोरेको छ। यसपटक पालिकाको अध्यक्षमा नेपाली कांग्रेसका गणेशबहादुर केसी विजयी भएका छन्। तीन हजार चार सय ५५ मतसहित उनी विजयी भएका हुन्। उनकी प्रतिस्पर्धी एमालेकी कमला तामाङले दुई हजार आठ सय ८७ मत ल्याएकी छिन्।

उपाध्यक्षमा माओवादी केन्द्रकी डोल्मा माया गोले निर्वाचित भएकी छिन्। उनले तीन हजार एक सय ५२ मत प्राप्त गर्दा उनका निकतम प्रतिस्पर्धी एमालेका पुरुषोत्तम हुमागाईंले दुई हजार सात सय ८७ मत ल्याएका छन्।

त्यस्तै, पालिकाको वडा नम्बर १ मा कांग्रेसका रामप्रसाद घिमिरे, २ मा जोनीकुमार न्यासुर, ३ मा मनोजकुमार पराजुली, ४ मा सीताराम तिमल्सिना, ५ मा भूमिनन्द घिमिरे र ६ मा विनोद चौरेल विजयी भएका छन्।

ad
ad
ad
ad