पाल्पाको तानसेन नगरपालिका– ९ को वडाध्यक्षमा नेकपा एमालेका राजेशकुमार अर्याल निर्वाचित भएका छन्। अर्याल तीन सय २२ मतान्तरसहित वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनी नेपाल पत्रकार महासंघ पाल्पाका पूर्वअध्यक्षसमेत हुन्।
अर्यालले आठ सय ५९ मत ल्याउँदा उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार विष्णुप्रसाद भण्डारीले पाँच सय ३७ मत प्राप्त गरेका छन्। यस्तै, अर्का प्रतिस्पर्धी गठबन्धनबाट एकीकृत समाजवादीका मीनप्रसाद बञ्जाडेले चार सय नाै मत प्राप्त गरेका छन्। वडाध्यक्षमा निर्वाचित अर्यालले पत्रकार महासंघमा यसअघिको दुई कार्यकालको नेतृत्व गरेका थिए।