१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २ सोमबार
  • Sunday, 06 July, 2025
२o७९ जेठ २ सोमबार २२:३४:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

बारबर्दियामा नेपाली कांग्रेसका छविलाल थारू मेयरमा विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २ सोमबार २२:३४:oo

बर्दियाको बारबर्दिया नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका छविलाल थारू विजयी भएका छन् भने नगर उपप्रमुखमा नेपाली कांग्रेसकै रत्नकुमारी पाण्डे विजयी भएकी छिन् ।थारूले १३००६ मत प्राप्त गरेका छन्  त्यस्तै १२४९९ मत प्राप्त गरी उपमेयरमा रत्नकुमारी पाण्डे विजयी भएको बरबर्दिया नगरपालिकाका निर्वाचन अधिकृत कृष्णप्रसाद चापागाईंले जानकारी दिए। 

थारूका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पदमप्रसाद ढकालले १० हजार ३५१ मत प्राप्त गरेका छन् । यसअघि नगरपालिकाले नेतृत्व सम्हालेको पार्टी नेकपा माओवादी केन्द्रका उम्मेदवार दशरथ थारूले ९ हजार एक सय ९ मत ल्याएका छन् ।

नगर उपप्रमुख पाण्डेकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी नारायणी चौधरीले १० हजार ८५५ मत पाएका थिए भने नेकपा माओवादी केन्द्रकी शोभा थारूले ९ हजार २९ मत प्राप्त गरेकी छिन् । 
नगर प्रमुखमा विजयी भएका थारूले नगरको समग्र विकासका लागि आफूले काम गर्ने बताए  । जननिर्वाचित भएपछि योजनाबद्ध तरिकाले नगरको विकासमा अघि बढ्ने थारूको भनाइ छ।

वडाध्यक्षमा को को विजयी भए ?
बारबर्दिया नगरपालिकाका ११ वटा वडामध्ये ६ ओटा नेपाली कांग्रेस, ३ वटा नेकपा एमाले र २ वटा नेकपा माओवादी केन्द्र पार्टीका उम्मेदवारहरू विजयी भएका छन् । वडा नं १,२,३,४,८ र ९ मा नेपाली कांग्रेसका क्रमशः कैलासपति थारू, रामफेरन थारू, नन्दलाल थारू, सीताराम योगी, नरबहादुर चन्द र  देवेन्द्रकुमार विष्ट विजयी भएका छन् । त्यसैगरी वडा नं ५,६ र १० मा नेकपा एमालेका क्रमश. लालबहादुर थारू, झगबहादुर वली र रणबहादुर चौधरी विजयी भएका छन् । त्यसैगरी वडा नं ७ र ११ मा नेकपा माओवादी केन्द्रका इन्द्रप्रसाद थारू र विजयकुमार चौधरी विजयी भएका छन् ।