मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ २ सोमबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २ सोमबार २१:१९:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

काठमाडौं महानगरपालिकामा बालेनलाई झन्डै चार हजार मतको अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २ सोमबार २१:१९:oo

काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणामअनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ८ हजार २४८ मत प्राप्त गरेका छन्। राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा हालसम्म उनी अग्रपंक्तिमा छन्। 

उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले प्राप्त गरेको मत संख्या ४ हजार ३४२ रहेका छन् । 

कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ हजार ७८१ मत ल्याएकी छिन्। हालसम्म काठमाडौं महानगरपालिकाको झन्डै २० हजार मतगणना भइसकेको बताइएको छ। राष्ट्रिय सभागृहमा सात स्थानमा मतगणना जारी छ ।