मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १८ सोमबार
  • Monday, 04 December, 2023
२०७९ जेठ २ सोमबार १८:५५:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

केपिलासगढी गाउँपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा जसपा विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ २ सोमबार १८:५५:००

केपिलासगढी गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका समिर राई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का माइतीराज राईलाई हराउँदै समिर गाउँपालिका प्रमुखमा विजयी भएका हुन्। 

समिरले दुई हजार २४४ मत ल्याएर विजयी हुँदा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका साझा उम्मेदवार माइतीराजले एक हजार ८०८ मत प्राप्त गरेका छन्। निवर्तमान गाउँपालिका प्रमुख एमालेका कृष्णकुमार राईले एक हजार ७४४ मत ल्याएर तेस्रो हुनुभएको निर्वाचन अधिकृत राजकुमार राईले जानकारी दिए। 

यस्तै, उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का गुरुराज राई विजयी भएका छन्। राईले एक हजार ९८३ मत ल्याएर विजयी हुँदा एमालेका मैया सुनुवारले एक हजार ७६१ र कांग्रेसका राधा गिरीले एक हजार ७४५ मत प्राप्त गरेका छन्।  

छ वडा रहेको यस गाउँपालिकाको वडा नं. १ फेदीमा कांग्रेसका निरकुमार राई, वडा नं. २ खार्ताम्छामा नेकपा (एकीकृत समाजवादी)का मिलन राई, वडा नं. ३ बास्पानीमा नेकपा (एकीकृत समाजवादी)कै तुलाराम राई, वडा नं. ४ बाक्सिलामा माओवादी केन्द्रका खड्गबहादुर तामाङ, वडा नं. ५ सप्तेश्वरमा माओवादी केन्द्रकै हिमालभक्त राई, वडा नं. ६ दिप्सुङमा कांग्रेसका गोपाल राई र वडा नं. ६ सुङ्देलमा माओवादी केन्द्रका तेजकुमार राई वडाध्यक्षमा निर्वाचित भएका छन्।