१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ जेठ २ सोमबार १८:०३:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ २ सोमबार १८:०३:००

रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका माधव अर्याल २ हजार ९ सय ९९ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र लम्सालले २ हजार ५ सय  ६० मत पाए । 

त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेकी चमेली गुरुङले ३ हजार १ सय ३४ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सुनितामाया गुरुङले २  हजार ४ सय ५२ मत प्राप्त गरिन् । 

उत्तरगया गाउँपालिकामा ५ वटा वडा रहेका छन् । वडा नम्बर १ मा नेकपा एमालेका मारसिङ तामाङ, वडा नम्बर २ मा एमालेका टुकु सुवेदी, वडा नम्बर ३ मा एमालेकै लालबहादुर तामाङ, वडा नम्बर ४ मा नेपाली कांग्रेसका अमर बुलुन र वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रका यमनाथ आचार्य विजयी भएका छन् ।