बाँकेमा नेकपा (एमाले) अगाडि देखिएको छ । कुल ८१ वडामध्ये १४ वटाको सार्वजनिक भएको मतपरिणामअनुसार एमालेले पाँच वडा अध्यक्ष जितेको हाे ।
कांग्रेसले चार, जसपा र माओवादी केन्द्रले दुई–दुई, तथा राप्रपाले एक वडा जितेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमालेले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १, राप्तीसोनारी गाउँपालिकाको १, २, ३ र बैजनाथ गाउँपालिका वडा नं. १ मा अध्यक्षसहित प्यानले नै जितेको छ । नेपाली कांग्रेसले खजुरा गाउँपालिका वडा नं. १, नेपालगन्ज उपमहानगरपालिका २३, कोहलपुर नगरपालिका वडा नं. १५ र डुडुवा गाउँपालिका वडा नं. १ मा अध्यक्षसहित प्यानलले जितेको छ ।
त्यसैगरी, जसपाले नेपालगन्ज उपमहानगरपालिका २२ र जानकी गाउँपालिका वडा नं. १ मा वडाध्यक्षसहित प्यानलले जितेको छ भने माओवादी केन्द्रले कोहलपुर नगरपालिका १ र खजुरा गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षसहित प्यानलले जितेको छ ।
कांग्रेस ६ र एमाले दुई पालिकामा अग्रता
बाँकेको आठवटै पालिकामा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसले नेपालगन्ज, कोहलपुर, बैजनाथ, जानकी, नरैनापुर र डुडुवा गाउँपालिकामा अग्रता लिएको छ । त्यस्तै, एमालेले खजुरा र राप्ती सोनारीमा मात्र अग्रता लिएको छ ।