१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o८:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

पाल्पाको तिनाउ र पुर्वखोला गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:३७:oo

पाल्पाको तिनाँउ र पुर्वखोला गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । तिनाउ गाउँपालिकामा नेकपा एमालेका प्रेम श्रेष्ठ पाँच हजार ९० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका राजेश श्रेष्ठलाई ७ सय मत अन्तरले पराजित गरे । राजेन्द्र श्रेष्ठले जम्मा ४ हजार चार सय ४६ मत ल्याए । गाउँपालिका उपाध्यक्षमा भने नेपाली कांग्रेसका लालबहादुर थापा विजयी भएका छन् । उनले पाँच हजार ८२ मत पाए । एमालेकी सावित्रा राना गुरुङले चार हजार चार सय ६५ मत पाइन् ।

पूर्वखोला गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा यसअघिकै जनप्रतिनिधि दोहोरिएका छन् । आइतबार राती सार्वजनिक मत परिणामअनुसार गाउँँपालिका अध्यक्षमा एमालेका नुन बहादुर थापा निर्वाचित भएका छन् भने उपाध्यक्षमा एमालेकै भागिरथि शर्मा भट्टराई निर्वाचित भएको सहायक निर्वाचन अधिकृत मान बहादुर सारुले जानकारी दिए ।

थापा ६ हजार ४९ मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एकिकृत समाजवादीका उम्मेद्वार मिन प्रसाद गिरीले एक हजार दुई सय ५७ मत प्राप्त गरे ।

उपाध्यक्ष भट्टराईले पाँच हजार ८ सय ९४ मत प्राप्त गर्दा उनकी प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी उम्मेद्वार विष्णुकुमारी आचार्यले दुई हजार दुई सय ५० मत प्राप्त गरिन् । अध्यक्ष र उपाध्यक्षमा दुबैले आफ्नो प्रतिद्धन्द्धीलाई फराकिलो मत अन्तरले हराउँदै निर्वाचित भएका हुन् । पूर्वखोला गाउँपालिकामा यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार दिएका नुन बहादुर थापा र भागिरथि शर्मा (भट्टराई) अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए ।

८ हजार ७ सय ५९ मत खसको पूर्वाखोलाको ६ वटै वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । गाउँपालिकामा एक सय २५ मत भने बदर भएको सहायक निर्वाचन अधिकृत सारुले जानकारी दिए ।
 

ad
ad