
लमजुङको दुधपोखरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धनप्रसाद गुरुङ निर्वाचित भएका छन्। गुरुङ ३ हजार ६५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन्।
उनका प्रतिद्वन्द्वी एमालेका तेजबहादुर गुरुङले २ हजार २४ मत ल्याएका छ्न्। गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर गुरुङ २ हजार ५ सय ६८ मत ल्याएर विजयी भएका छ्न्। उनका प्रतिद्वन्द्वी एमालेका कृष्ण माया गुरुङले १ हजार ७ सय ७४ मत ल्याएकी छ्न्। ६ वटा वडा रहेको दुधपोखरी गाउँपालिकामा ३ वटा कांग्रेस, १ स्वतन्त्र , १ माओवादी केन्द्र र १ वटा एमालेले जितेको छ।
दुधपोखरी १ मा कांग्रेसका दुर्गामान गुरुङ, दुधपोखरी २ मा माओवादी केन्द्रका अमर गुरुङ, ३ मा स्वतन्त्र उम्मेदवार श्याम गुरुङ , ४ मा कांग्रेसका ओमबहादुर गुरुङ, ५ मा एमालेका दलबहादुर गुरुङ र दुधपोखरी गाउँपालिका ६ मा कांग्रेसका मनिष गुरुङले जितेका छ्न्।
दुधपोखरी गाउँपालिकामा ५ हजार ७ सय २७ मत खसेको थियो। ०७४ को स्थानीय तह निर्वाचनमा दुधपोखरी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षले जितेको थियो। अहिले गठबन्धन भएकाले माओवादी केन्द्रले उपाध्यक्ष पाएको हो। ०७४ को निर्वाचनमा एमाले माओवादीको गठबन्धनका अध्यक्ष र उपाध्यक्ष दुबै पराजित भएका थिए।