१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १८:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

नौकुण्ड–३ र गोसाइँकुण्ड–५ मा एमालेको प्यानलै विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:o१:oo

रसुवाको नौकुण्ड गाउँपालिका–३ र गोसाइँकुण्ड गाउँपालिका–५ मा नेकपा (एमाले)को प्यानलै विजयी भएको छ। नौकुण्ड–३ को वडाध्यक्षमा एमालेका लोकेन्द्रदेव मोक्तान ६ सय ७६ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ओमबहादुर घलेले चार सय ७६ मत ल्याए । वडासदस्यहरूमा एमालेबाटै मेम्बर तामाङ, मनकाजी ग्याबा, अनिता घले र देउमाया विक विजयी भएका छन् ।

यता, गोसाइँकुण्ड गाउँपालिका–५ को अध्यक्षमा एमालेका दावा मिङमार तामाङ विजयी भएका छन्। उनले सात सय ७८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ङवाङदोर्जे तामाङले सात सय २५ मत ल्याए । वडासदस्यमा एमालेका कामी छिरिङ तामाङ, विविरानी तामाङ, डोल्मा याङजेन तामाङ र कान्छीलाटी कामिनी विजयी भएका छन् ।

ad
ad