१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ १ आइतबार १५:३७:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

मतगणनाकै क्रममा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप, सातजना घाइते

Read Time : < 1 मिनेट
२०७९ जेठ १ आइतबार १५:३७:००

जुम्लाको तातोपानी गाउँपालिकाको मतगणना कार्य प्रभावित भएको छ। मतगणनाको विषयलाई लिएर माओवादी केन्द्र र नेपाली कांग्रेस कार्यकर्ताबीच विवाद भई ढुंगामुढा भएपछि मतगणना कार्य प्रभावित भएको हो । 

तातोपानी गाउँपालिका – ३ को वडाध्यक्षसहितको मतगणना नतिजा सार्वजनिक भएपछि माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ता तथा समर्थकबीच विवाद भएको हो । विवादका क्रममा माओवादी पक्षले ढुंगामुढा गरेको कांग्रेस कार्यकर्ताको आरोप छ । ढु‌ंगामुढा हुँदा धर्म रावल र रामप्यारी रावल घाइते भएका छन् । यस्तै नम्बर १ बाइँराका गाउँका गणेश शाहीसहित सातजना घाइते भएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको प्रहरीको अस्पताल युनिटले जनाएको छ । 

तातोपानी – ३ को वडाध्यक्षमा नेपाली कांग्रेसका गोकर्ण रावल विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त वडामा रावलले चार सय ३३ मत प्राप्त गरी विजयी भएका छन् भने माओवादीका उम्मेदवार डिल्ली रावलले तीन सय ६४ मत प्राप्त गरी पराजय भोगेका छन् । दुई पक्षबीचको झडपमा केही व्यक्ति घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाने तयारी भएको छ ।

प्रमुख जिल्ला अधिकारीअनुसार झडपको खबर प्राप्त हुनासाथ थप सुरक्षाकर्मी त्यसतर्फ पठाइएको छ । उनले भनिन्, ’मतगणनास्थलबाहिर ढुंगामुढा भए पनि मतपेटिका भने सुरक्षित छन् । अहिले मतगणना रोकिएको छ । त्यहाँको स्थिति सामान्य भएपछि मतगणना कार्य सुचारु हुनेछ ।'