
रसुवाको गोसाइँकुण्ड गाउँपालिका– ४ को वडाध्यक्षसहित नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । नेपाली कांग्रेसका डिण्डु लामा ज्याबा तामाङले एक सय ६६ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका तेम्बा लामाले एक सय ३६ मत ल्याए ।
गोसाइँकुण्ड गाउँपालिका– ४ को वडासदस्यमा कांग्रेसबाटै सान्दु चुसाङ, ल्हाक्पा ढुण्डुप तामाङ, महिला सदस्य कारतोक लामा विजयी भएका छन् ।