१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १ आइतबार
  • Wednesday, 03 July, 2024
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–६ को अध्यक्षसहित विजयी उम्मेदवारहरू
जिल्ला ब्युरो नयाँ पत्रिका
२o७९ जेठ १ आइतबार o६:२७:oo
Read Time : > 4 मिनेट
ad
ad
ad
ad
निर्वाचन प्रिन्ट संस्करण

स्थानीय निर्वाचन : वडाको नतिजा धमाधम आउँदै

Read Time : > 4 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
नयाँ पत्रिका
२o७९ जेठ १ आइतबार o६:२७:oo

कास्की : रूपा गाउँपालिका–१ को अध्यक्षमा ७७९ मत ल्याएर कांग्रेसका रामबहादुर गोदार विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ३६२ मत प्राप्त गरे । वडा नम्बर २ मा एमालेका राजन सुवेदी ५२१ मत ल्याएर विजयी भए । उनका उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले ३६० मत प्राप्त गरे ।

माछापुच्छ्रे–१ को वडाध्यक्षमा कांग्रेसका इन्द्रबहादुर गुरुङ ६३३ मत ल्याएर विजयी भए । एमाले उम्मेदवारले ५८४ मत प्राप्त गरे । वडा नम्बर २ को अध्यक्षमा कांग्रेसकै गणेश आचार्य १०५७ मतसहित विजयी भए । एमालेका उम्मेदवारले ८२३ मत प्राप्त गरे ।

सिन्धुपाल्चोक : बाह्रबिसे नगरपालिका–१ को अध्यक्षमा कांग्रेसका आङ्दोर्जे शेर्पा ४१५ मतसहित विजयी भए । वडा नम्बर २ को अध्यक्षमा कांग्रेसकै रेशम तामाङ ७०६ मतसहित विजयी भए । 

- हेलम्बु गाउँपालिका–१ को वडाध्यक्षमा कांग्रेसका दावा ग्याल्जेन लामा १००३ मतसहित विजयी भए । 

- जुगल गाउँपालिका–१ वडाध्यक्षमा कांग्रेसका जनक लामा ५८४ मत ल्याएर विजयी भए । 

- इन्द्रावती गाउँपालिका–१ को अध्यक्षमा एमालेका चीनलाल तामाङ ६९७ मतसहित विजयी भ्रए । 

- त्रिपुरासुन्दरी गाउँपालिका– १ को अध्यक्षमा कांग्रेसका सीताराम थापा ३३४ मतसहित विजयी भए । 

- चौतारा साँगाचोकगढी नगरपालिका–३ अध्यक्षमा एमालेका टेकबहादुर तामाङ ५५४ मतसहित विजयी भए । 

सर्लाही : मलंगवा नगरपालिका–१ मा कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार नवलकिशोर राय चार सय २८ मत प्राप्त गरी विजयी भएका छन् । हरिपुर्वा नगरपालिका–१ मा तीन सय ७५ मतसहित कांग्रेसका उम्मेदवार श्यामबाबु राय विजयी भएका छन् । पर्सा गाउँपालिका–१ मा चार सय ११ मतसहित कांग्रेसकै उम्मेदवार सतेन्द्र यादव विजयी भएका छन् ।
बलरा नगरपालिका–११ अध्यक्षमा माओवादी केन्द्रका सुखलाल सहनी विजयी भएका छन् । सहनी पाँच सय १८ मतसहित विजयी भएका हुन् । 

तनहुँ :  म्याग्दे गाउँपालिका– ३ को वडाध्यक्षमा एमालेका उम्मेदवार टुकराज अधिकारी ६ सय ६१ मत प्राप्त गरी विजयी भएका छन् । भीमाद नगरपालिका– १ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार दिपक आले एक हजार ५९ मत ल्याई विजयी भए । 

प्युठान : माण्डवी गाउँपालिका–१ को वडाध्यक्षमा नेत्रविक्रम चन्द विप्लव निकट नेकपाका स्वतन्त्र उम्मेदवार बामबहादुर बुढा विजयी भएका छन् । उनले ७७० 
मत ल्याए । 

मुगु : खत्याड गाउँपालिका–१ को अध्यक्षमा माओवादीका सिंहबहादुर बिढा २०१ मत प्राप्त गरी विजयी भएका छन् ।

- छायानाथ रारा नगरपालिका–१४ मा कांग्रेसका जुनबहादुर खड्का ४०२ मत प्राप्त गरी विजयी भएका छन् ।

झापा : भद्रपुर नगरपालिका–१ को अध्यक्षमा एमाले रामप्रसाद अधिकारी ६६३ मत प्राप्त गरी निर्वाचित भएका छन् । बाह्रदशी गाउँपालिका–१ मा कांग्रेसका टेकबहादुरसिंह राजवंशी ५७९ मत प्राप्त गरी विजयी भएका छन् । 

अछाम : बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको वडाध्यक्षमा माओवादी केन्द्रका जगत थापा ६ सय ९९ मत प्राप्त गरी विजयी भएका छन् ।

बैतडी : पुरचौडी नगरपालिका–१० मा कांग्रेसका हिक्मत विष्ट चार सय ८५ मत ल्याई वडाध्यक्ष विजयी भएका छन् ।

महोत्तरी : बर्दिवास नगरपालिका–८ मा माओवादी केन्द्रका शमशेर सिंह ७५३ मत ल्याई विजयी भएका छन् । 

दैलेख : दैलेखको भैरवी गाउँपालिका–१ को अध्यक्षमा एमाले उम्मेदवार डम्मरबहादुर कार्की विजयी भएका छन् । उनले सात सय पाँच मत ल्याए । चामुण्डाबिन्द्रासैनी नगरपालिका–१ मा नेपाल मजदुर किसान पार्टीका गोरखबहादुर केसी विजयी भएका छन् । उनले तीन सय १७ मत प्राप्त गरेका छन् । 

ताप्लेजुङ : मेरिङदेन गाउँपालिका–६ को वडाध्यक्षमा एमालेका मनोजकुमार तुम्बाहाङ्फे विजयी भएका छन् । 

नवलपुर : पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–१ को अध्यक्षमा कांग्रेसका दिलबहादुर सूर्यवंशी निर्वाचित भएका छन् । उनले सात सय ७३ मत प्राप्त गरेका थिए । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–६ को अध्यक्षमा कांग्रेसका छामबहादुर सोमै प्यानलसहित विजयी भएका छन् । उनले सात सय ८१ मत प्राप्त गर्दा एमालेका देवसिंह सारु सोमैले ६ सय ८० मत प्राप्त गरे । 

संखुवासभा : संखुवासभाको चिचिला गाउँपालिका–१ को अध्यक्षमा कांग्रेसका पूर्णकुमार राई प्यानलसहित विजयी बनेका छन् । उनले तीन सय ३६ मत प्राप्त गरे । 

दाङ : राप्ती गाउँपालिका–९ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी भएका छन् । 

रोल्पा : रोल्पा नगरपालिका–२ मा माओवादी केन्द्रका प्रकाश डाँगी विजयी भएका छन् । उनले गोलाप्रथाबाट कांग्रेसका देउचन थापालाई पराजित गरेका हुन् । डाँगी र थापा दुवैको ५४३ मत आएपछि गोलाप्रथा गरिएको हो । 

सल्यान : सल्यानको कपुरकोट गाउँपालिका–१ को अध्यक्षमा माओवादी केन्द्रका बालाराम खड्का चार सय ४५ मत ल्याएर विजयी भएका छन् । कुमाख गाउँपालिकाका वडा नम्बर १ र ७ मा माओवादी केन्द्रकै डिल्ली राना ६ सय आठ मतसहित विजयी भए । वडा नम्बर ७ मा माओवादीकै डम्बर शाही विजयी भएका छन् । उनले ६ सय ४३ मत पाए । शारदा नगरपालिका–१ को अध्यक्षमा कांग्रेसका प्रदीप पाण्डे ६ सय ८३ मत प्राप्त गर्दै विजयी भएका छन् । 

बर्दिया : गुलरिया नगरपालिका–१ अध्यक्षमा कांग्रेसका जोगिराम थारू विजयी भएका छन् । उनले एक हजार तीन सय ३९ मत ल्याए । बारबर्दिया नगरपालिका–१ वडाध्यक्षमा कांग्रेसकै कैलाशपति थारू विजयी भएका छन् । 

- बाँसगढी नगरपालिका–१ अध्यक्षमा माओवादी केन्द्रका जयराज पाण्डे ६ सय १५ मत ल्याएर विजयी भएका छन् । 

- गेरुवा गाउँपालिका–६ अध्यक्षमा कांग्रेसका कृष्णगोपाल चौधरी एक हजार चार सय ७२ मत ल्याएर विजयी भएका छन् । 

- राजापुर नगरपालिका–१ अध्यक्षमा कांग्रेसका बाबुराम चौधरी नौ सय ३७ मत ल्याएर विजयी भएका छन् । 

धनकुटा : साँगुरीगढी गाउँपालिका वडा नम्बर १ र १० मा एमाले वडाध्यक्षसहित प्यानलै विजयी भएका छन् । वडा नम्बर १ मा गोविन्द लिम्बु चार सय ५० मतसहित विजयी भएका हुन् । वडा नम्बर १० मा एमालेकै एकबहादुर लिम्बु पाँच सय २७ मतसहित अध्यक्षमा विजयी भएका छन् । 

कञ्चनपुर : बेलौरी नगरपालिका–१ अध्यक्षमा माओवादीका धनबहादुर ६ सय ५९ सहित विजयी भएका छन् । लालझाडी गाउँपालिका–६ अध्यक्षमा कांग्रेसका हर्कनारायण जोशी चार सय ६४ मत पाई विजयी भएका छन् ।

काभ्रे : धुलिखेल नगरपालिका–१ अध्यक्षमा कांग्रेसका सन्तबहादुर लामा पाँच सय ७३ मत प्राप्त गरी विजयी भएका छन् । बेथानचोक गाउँपालिका–१ अध्यक्षमा कांग्रेसका मधुसुदन तिमल्सिना पाँच सय सात ल्याई विजयी भए ।

महाभारत गाउँपालिका–१ वडाध्यक्षमा कान्छामान जिम्बा सात सय २० मत प्राप्त गरी निर्वाचित भएका छन् । भुम्लु गाउँपालिका–१ मा माओवादीकै लेखबहादुर श्रेष्ठ नौ सय ९४ मत ल्याई विजयी भए ।

दैलेख : डुंगेश्वर गाउँपालिका–१ को वडाध्यक्षमा माओवादी केन्द्रका श्याम राना सात सय ८१ मत प्राप्त गरी विजयी भएका छन् । नौमूले गाउँपालिका वडा नम्बर १ र २ अध्यक्षमा कांग्रेसका रुपेशकुमार थापामगर चार सय मत प्राप्त गरी विजयी भए । वडा नम्बर २ मा दुर्गाप्रसाद न्यौपाने चार सय ८२ मत ल्याई विजयी भए ।

- नौमूले गाउँपालिका–३ अध्यक्षमा एमालेका नरबहादुर पुरी चार सय १८ मत प्राप्त गरी विजयी भएका छन् । 

- दैलेखको महावु गाउँपालिका–१ को वडाध्यक्षमा एमालेका सर्वराज सार्की ६९२ मत ल्याएर विजयी भएका छन् । 

- नारायण नगरपालिका–१ मा २६ वर्षपछि कांग्रेसले विजय प्राप्त गरेको छ । कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार सन्देशकुमार श्रेष्ठ ३७८ मत प्राप्त गर्दै विजयी भएका छन् । एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार रमेशकुमार केसीले ३५८ मत प्राप्त गरेका छन् । 

रौतहट : चन्द्रपुर नगरपालिका–१ वडाध्यक्षमा कांग्रेसका बलराम राउत दुई हजार १० मत ल्याई विजयी भएका छन् । ईशनाथ नगरपालिका–१ वडाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका बिगु ब्यास साह पाँच सय ६९ मत पाई विजयी भएका छन् ।

सोलुखुम्बु : लिखुपिके गाउँपालिका–१ मा कांग्रेसका मिङ्मार ग्याल्जे शेर्पा दुई सय १६ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भए । लिखुपिके गाउँपालिका–५ वडाध्यक्षमा कांग्रेसकै ङिमछिरी लामा २४० मतसहित विजयी बनेका छन् । सोताङ गाउँपालिका–१ मा कांग्रेसका जंगबहादुर गुरुङ तीन सय ९८ मत ल्याई विजयी भएका छन् । 

उदयपुर : लिम्चुङबुङ गाउँपालिका–४ मा जनता समाजवादी पार्टीका छत्रबहादुर राई चार सय २८ मत ल्याई विजयी भएका छन् । वडा नम्बर ५ को अध्यक्षमा कांग्रेसका कविन्द्र राई तीन सय चार मतका साथ विजयी भएका छन् । 

दार्चुला : अपिहिमाल गाउँपालिका–१ मा कांग्रेसका पोखरसिंह लोथ्याल एक सय ८३ मतसहित विजयी भएका छन् । वडा नम्बर ६ मा माओवादी केन्द्रका धर्मसिंह धामी ३६३ मत ल्याएर विजयी भएका छन् । 

रुपन्देही : बुटवल उपमहानगरपालिका–१ को वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वार नरेन्द्र बस्नेत विजयी भएका छन् । कांग्रेसले टिकट नदिएपछि बागी उम्मेदवारी दिएका उनले कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गर्दै विजयी भए । बस्नेतले ६३६ मत ल्याएका छन् । कांग्रेसका आधिकारिक उम्मेदवार तेस्रो भए । 

- रूपन्देहीको शुद्धोधन गाउँपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका उदयराज गडेरिया विजयी भएका छन । उनी ९९२ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जंगबहादुर यादवले ९९१ मत ल्याएका छन् । 

ad
ad
ad
ad