
संखुवासभाको चिचिला गाउँपालिकामा विवाद भएपछि मत गणना अवरुद्ध भएको छ । मतगणनास्थलमा सर्वदलीय बैठकबाट शिक्षकलाई राख्न नपाउने सहमति गरे पनि शिक्षक पठाएको भन्ने विषयमा विवाद भएको जनाएको छ । विवाद भएपछि मतगणना रोकिएको छ ।
चिचिला गाउँपालिकाको अध्यक्षमा कांग्रेसका पासाङनुर्वु शेर्पाले ५०९ मत ल्याएर अग्रता लिएका छन् । माओवादी केन्द्रका रिपुप्रसाद राईले ४१३ मत र एमालेका रामबहादुर गुरुङले २७५ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा कांग्रेसकी मनकला राई ४९८ मत, माओवादी केन्द्रकी तीर्थमाया राईले ४३४ मत र एमालेकी विष्णुकुमारी राईले २७३ मत प्राप्त गरेकी छिन् ।