१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३१ शनिबार
  • Sunday, 06 July, 2025
सोनी राई सोलुखुम्बु
२o७९ बैशाख ३१ शनिबार १२:o१:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

सोलुखुम्बुको लिखुपिके ५ मा कांग्रेसका ङिमछिरी लामा विजयी

Read Time : < 1 मिनेट
सोनी राई, सोलुखुम्बु
नयाँ पत्रिका
२o७९ बैशाख ३१ शनिबार १२:o१:oo

सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ मा नेपाली कांग्रेसका ङिमछिरी लामा विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनाअनुसार लामा २४० मतसहित विजयी बनेका हुन् । माओवादीका सरिता मगर शेर्पाले २३० ल्याएका छन् भने एमालेका सोनाम शेर्पाले १३४ मत प्राप्त गरेका छन् । अन्य चार वडासदस्यमा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका छन्।

लिखुपिके–५ बाट कांग्रेसबाट पालिका अध्यक्षकी उम्मेदवार मीना कार्कीले २१७ मत ल्याएकी छिन् भने माओवादीका उम्मेदवार डम्बरबहादुर बस्नेतले २५६ मत पाएका छन्। त्यस्तै, नेकपा एमालेका उम्मेदवार पोस्टकुमार कार्कीले १३० मत प्राप्त गरेका छन्।

यसअघि लिखुपिके–१ वडाअध्यक्षमा कांग्रेसका मिंमार ग्याल्जे शेर्पासहित प्यानलै विजयी बनेको थियो। योसँगै सोलुमा कांग्रेसले २ वडामा जित हासिल गरेको छ। आठ स्थानीय तह रहेको जिल्लामा ५२ वडा छन् ।