१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३१ शनिबार
  • Wednesday, 02 July, 2025
२o७९ बैशाख ३१ शनिबार ११:५१:oo
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

मनाङको ङिस्याङ गाउँपालिकामा एमालेका घले निर्वाचित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ३१ शनिबार ११:५१:oo

मनाङको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याएर विजयी भएका छन्। अध्यक्षका प्रतिद्वन्द्व कांग्रेसका उम्मेदवार छिरिङ ओङमा गुरुङ (घले)ले सात सय १३ मत ल्याएकी  छिन्। 

उपाध्यक्षमा एमालेको समर्थन पाएका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७ सय ४४ मत ल्याएर विजयी भएका छन्। प्रतिष्पर्धी कांग्रेसका उम्मेदवार रिन्जेन धोर्जे गुरुङले सात सय १९ तथा राप्रपाका ज्यामयाङ टसी गुरुङले एक मत ल्याए। मनाङ ङिस्याङमा ०७४ पनि एमालेका कान्छा घलेले जितेका थिए। मनाङको सबैभन्दा धेरै तीन हजार पाँच सय ३५ मतदाता रहेको मनाङ ङिस्याङ गाउँपालिकामा एक हजार ६ सय ५७ अर्थात ४६.८७ प्रतिशत मत खसेको थियो।

त्यसैगरी, वडा नम्बर– १ को अध्यक्षमा एमालेका मिङमर गुरुङ १६२ मतका साथ विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका टसी छिरिङ गुरुङले ७९ मत ल्याएका छन्। वडा २ को अध्यक्षमा कांग्रेसका खम्बा गुरुङ ६४ मतका साथ निर्वाचित भएका छन्। एमालेका कर्म गुरुङले ५५ मत ल्याए।

वडा नं ३ मा स्वतन्त्र उम्मेदवार कृष्ण लामा यसअघि नै वडाअध्यक्षमा निर्विरोध भइसकेका छन्। वडा नम्बर ४ मा एमालेका कमल गुरुङ ८७ मतका साथ विजयी हुँदा प्रतिस्पर्धी कांग्रेसकी फूलमाया गुरुङले ३४ मत पाइन्। वडा नम्बर ५ मा कांग्रेसका कर्म सेरप वाङगेल लामा १११ मतका साथ विजयी हुँदा एमालेका सोनाम ताप्के गुरुङले १०५ मत ल्याएका छन्। वडा ६ मा एमालेका सोनाम गुरुङ १३५ मतका साथ निर्वाचित भएका छन्। कांग्रेसका छिरिङ ओङगेल घलेले ९७ मत ल्याएका छन् ।

वडा नम्बर– ७ मा कांग्रेसका गुरक्याप गुरुङ ८७ मतका साथ विजयी हुँदा एमालेका कान्छा गुरुङले ५५ मत ल्याएका छन्। वडा नम्बर ८ मा एमालेका पेम्बा गुरुङ एक सय ३४ मत ल्याएर विजयी भएका छन् भने प्रतिद्वन्द्वी कांग्रेसका पेमछिरिङ गुरुङले ९८ मत ल्याएका छन्। वडा नाै मा स्वतन्त्र उम्मेदवार च्योल्पा गुरुङ यसअघि नै निर्विरोध भएका थिए।

मनाङको चारवटा  स्थानीय तहको मतपरिणाम आइसकेको छ चामे गाउँपालिको अध्यक्ष र मनाङ ङिस्याङको अध्यक्षमा एमाले बिजयी भएको छ भने मनाङको नार्पाभिमी गाउँपालिकामा काग्रेसले जितेको छ। मनाङको नासो गाउँपालिकामा मतगणना जारी छ। यहाँ काग्रेसका उम्मेदवारले अग्रता लिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।