मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ बैशाख ३१ शनिबार ११:४१:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

हेटौंडा उपमहानगरमा एमालेले लियो अग्रता

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३१ शनिबार ११:४१:००

हेटौंडा उपमहानगरपालिकाको मत गणनाको प्रारम्भिक परिणाम अनुसार नेकपा एमालेले अग्रता सुरुवात गरेको छ । प्रारम्भिक मत परिणाम अनुसार हेटौंडा १ बाट एमालेका मेयरका उम्मेदवारले अग्रता सुरुवात गरेको हो ।

२ सय मत गन्दा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार अनन्त पौडेलले ७१ मत पाएका छन् । यस्तै गठबन्धनका तर्फबाट उम्मेदवार मिना लामाले ६५ र राप्रपाका दिपक सिंहले ४२ मत प्राप्त गरेका छन् । 

यस्तै उप मेयरमा एमालेका उम्मेदवार सुमित्रा काफ्लेले ८२, गठबन्धनका उम्मेदवार राजेश बानियाँले ८८ र राप्रपाकी इन्दिरा न्यौपालेले १२ मत ल्याएकी छन् । यसैगरी वडा अध्यक्षका एमालेका उम्मेदवार उत्तम पौडेलले ८९, कांग्रेस उम्मेदवार सविन न्यौपानेले ९२ र राप्रपाका उम्मेदवारले ८ मत ल्याएका छन् ।

अहिले हेटौंडा १,२,१८,१९ को मतगणना जारी छ । १ लाख ४ हजार ४ सय ७३ मतदाता मध्ये ७३ हजार ४ सय १३ जनाले मतदान गरेका थिए ।