मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ बैशाख ३१ शनिबार ११:२२:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

ओलीको गृहनगरमा गठबन्धनलाई पछि पार्दै एमाले 

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३१ शनिबार ११:२२:००

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा एमालेले सुरुवाती अग्रता कायम राखेको छ । एमालेविरुद्ध बनेको राप्रपा, कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई पछि पार्दै एमालेकी नगर प्रमुखकी उम्मेदवार गीता अधिकारीले अग्रता लिएकी छिन् ।

वडा नम्बर १ को चार सय मत गणना हुँदा अधिकारीले एक सय ७२ मत ल्याएकी छिन् । गठबन्धनको तर्फबाट राप्रपाका उम्मेदवार राम थापाले एक सय ३९ मत ल्याएका छन् । यस्तै, उपप्रमुखमा गठबन्धनकको तर्फबाट कांग्रेसकी उम्मेदवार रेगिना भट्टराईले अग्रता लिएकी छिन् ।

उनले एक सय ४९ मत ल्याएकी छिन् । उपप्रमुखमा एमालेका उम्मेद्वार अम्बिका खनालले एक सय ४० मत पाएका छन् ।