१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ बैशाख ३० शुक्रबार १९:१७:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

गण्डकी प्रदेशमा ६५ प्रतिशत मत खस्यो

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३० शुक्रबार १९:१७:००

गण्डकी प्रदेशमा ६५ प्रतिशत मत खसेको छ । प्रदेशका ११ वटै जिल्लाअन्तर्गत रहेका ८५ वटै पालिकामा मतदान शान्तिपूर्ण रूपमा तोकिएकै समयमा सम्पन्न भएको र ६५ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय गण्डकीका निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए । प्रदेशमा एक हजार दुई सय ५३ मतदानस्थलमा दुई हजार मतदानस्थलमै शान्तिपूर्ण रूपमा मतदान भएको छ ।

अहिले मुचुल्का उठाएर मतपेटिका ढुवानीका काम सुरु भइसकेका छन्,’ उनले भने । गण्डकीमा १६ लाख ६२ हजार २४० मतदाता छन् । यता कास्कीमा ६४ प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिएका छन् । ‘कास्की झन्डै ६४ प्रतिशत मत खसेको अनुमान गरेका छौँ,’ उनले भने । कास्कीमा दुई लाख ८१ हजार ९४० मतदाता छन् । 

पोखरा महानगरमा ६३ प्रतिशत मत खसेको छ । पोखरामा दुई लाख  सात हजार ७०५ मतदाता छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले मतपेटिका संकलनको काम भइरहेको छ । पोखरामा शनिबार बिहानैबाट मतगणना सुरु हुने प्रमुख निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए । ‘अहिले मतपेटिका ल्याउने क्रम सुरु भएको छ । सबै स्थानको मतपेटिका आइपुग्दा राति अबेर हुन सक्छ । त्यसैले मतगणना शनिबारबाट नै सुरु गर्छौं । सर्वदलीय बैठक बसेर समय तोक्छौं,’ उनले भने ।