मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ बैशाख ३० शुक्रबार
  • Wednesday, 02 September, 2026
तिवारी यादव वीरगन्ज
२o७९ बैशाख ३० शुक्रबार १७:२९:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

वीरगन्ज महानगरमा ७५ प्रतिशत मत खस्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ३० शुक्रबार १७:२९:oo

मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगन्ज महानगरपालिकामा करिब ७५ प्रतिशत मत खसेको छ । महानगरपालिकाका ३२ वडामा शान्तिपूर्ण रूपमा ७५ प्रतिशत मत खसेको सहायक प्रमुख निर्वाचन अधिकृत जयप्रकाश काफ्लेले जानकारी दिए ।

उनका अनुसार अब केही बेरमा महानगरपालिकाको मतपेटिका मतगणनास्थल नृसिंह माविमा पुर्याइनेछ । निर्वाचन आयोगले बेलुका आठ बजेबाट मतगणना सुरु हुने जनाएको छ ।