![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/death2021-08-07-02-04-16.jpeg)
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ७ मा गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। नेपाली कांग्रेसबाट बाँफिकोट गाउँपालिका अध्यक्षका उम्मेदवार जनककुमार बाँठाले प्रयोग गरेको गाडीले ठक्कर दिँदा अन्दाजी ६० वर्षीय पर्जे खत्रीको मृत्यु भएको हो ।
मतदानस्थलको अवलोकनका क्रममा नेपाल राष्ट्रिय मावि ढारवाङ मतदानस्थल गएका वेला बाँठाको गाडीले खत्रीलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका खत्रीको उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा पुर्याइएका खत्रीलाई डाक्टरले मृत घोषणा गरेका थिए।