१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ बैशाख ३० शुक्रबार १३:३०:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

विवादपछि सहिदभूमिमा मतदान कार्य रोकियो

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३० शुक्रबार १३:३०:००

गठबन्धन र नेकपा एमालेका प्रतिनिधिबीच विवाद हुँदा सहिदभूमि गाउँपालिका वडा नं. ६ स्थित ठाकुरदेवी मावि र वडा कार्यालयको मतदानस्थलका तीनवटै केन्द्रको मतदान प्रक्रिया स्थगित भएको छ। मतदान प्रक्रियाको विषयमा दुवै पक्षवीच भएको विवादले केही समयको लागि मतदान कार्य स्थगित गरिएको मतदान केन्द्रका मतदान अधिकृत गणेश एडीले बताए।

एडीका अनुसार भित्र मतदान कार्य शान्तिपूर्ण वातावरणमा जारी रहे पनि बाहिर होहल्ला र हुलदंगा भएपछि मतदान स्थगित भएको हो। मतदान स्थगित हुनुभन्दा अघिसम्म तीनवटै केन्द्रमा २० प्रतिशत मत खसेको थियो।

भोट हाल्न नसक्ने अशक्त तथा ज्येष्ठ नागरिकको हकमा इच्छाइएको एकजनाले मात्रै भोट हाल्ने सहमति भए पनि एकै व्यक्तिले चारजनासम्मको भोट हालेपछि गठबन्धनका प्रतिनिधिहरूले विरोध जनाएपछि विवाद भएको हो। विवादपछि वडाध्यक्षका उम्मेदवार हेमकुमार राईले गठबन्धनका प्रतिनिधिहरू रामप्रसाद राई र नरेश राईलाई हातपात गरेको गठबन्धनको आरोप छ।

मतदान प्रक्रिया स्थगित भएपछि अहिले दुवै पक्षका प्रतिनिधिहरूलाई राखेर सर्वदलीय बैठक बसी रहेको निर्वाचन कार्यालय धनकुटाका निर्वाचन अधिकृत जयराम श्रेष्ठले जानकारी दिए।