१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३० शुक्रबार
  • Wednesday, 23 October, 2024
२o७९ बैशाख ३० शुक्रबार ११:o३:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

नवलपुरको बुलिङटारमा कांग्रेस र एमालेबीच झडप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ३० शुक्रबार ११:o३:oo

पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका– ६ अत्रौलीको मतदान केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। ज्येष्ठ नागरिक, अशक्त नागरिकले मतदान गर्ने क्रममा सहयोगी लैजाने विषयमा झडप भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले बताए। 

महर्जनका अनुसार दुई पक्षबीच झडप भएर केहीबेर मतदान रोकिएको भए पनि अहिले पुन: मतदान सुरु भएको छ। केही पक्षले मतदान स्थगित गरेर पुन: मतदान गर्नुपर्ने माग गरेका थिए।

नवलपुरमा अहिले अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको उनले बताए। नवलपुरमा दुई सय ९९ मतदान केन्द्रमा मतदान भइरहेको छ। यहाँ एक लाख २१ हजार ३८ जना पुरुष, एक लाख ३३ हजार पाँच सय ७३ जना महिला र चारजना तेस्रोलिंगी गरी दुई लाख ५४ हजार ६ सय १५ जना मतदाता रहेका छन्।