मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ बैशाख ३० शुक्रबार ०६:३०:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

हरेक पालिकामा सेना, सशस्त्र र  नेपाल प्रहरीको स्ट्राइकिङ टोली 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ बैशाख ३० शुक्रबार ०६:३०:००

मौन अवधिमा झडप : ५० घाइते, ३४ पक्राउ 

सुरक्षा निकायले सबै स्थानीय तहमा स्ट्राइकिङ टोली खटाएका छन् । निर्वाचनको समयमा कतै समस्या भए तत्काल घटनास्थलमा खटाउने गरी टोली तयारी अवस्थामा राखिएका हुन् । निर्वाचनमा सेना, सशस्त्र, नेपाल प्रहरी र म्यादी गरी दुई लाख ६५ हजार परिचालित छन् ।

नेपाल प्रहरीले गाउँपालिका र नगरपालिकामा दुई, उपमहानगरमा तीन र महानगरमा चार स्ट्राइकिङ टोली खटाएको छ । सशस्त्रले पनि सोही संख्यामा परिचालन गरेको छ । मतदानस्थलको सुरक्षाको जिम्मेवारी भने नेपाल प्रहरीको काँधमा छ, सेना र सशस्त्र निर्वाचनमा सहयोगी भूमिकामा छन् । 

भयरहित र निर्धक्क रूपमा मतदान हुने गरी देशैभरि पूर्ण रूपमा तयारी पूरा गरिएको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए । ‘सम्पूर्ण रूपमा प्रहरी शक्ति निर्वाचन सुरक्षामा केन्द्रित छ,’ उनले भने, ‘शान्तिपूर्ण र भयरहित रूपमा मतदान गर्ने वातावरण निर्माण भएको छ ।’ 

मतगणनास्थलको सुरक्षामा विशेष ध्यान 

राष्ट्रिय सभागृहमा निर्माणाधीन मतगणनास्थल । तस्बिर : संजित परियार

मतगणनाको क्रममा कुनै विवाद नहोस् भनेर निर्वाचन आयोग र सुरक्षा निकायले यसपटक विशेष तयारी गरेका छन् । सबै मतगणनास्थलमा सिसिक्यामेरा जडान गरिएको छ । आयोगले नै सिसिक्यामेरा खरिद गरेको हो । त्यस्तै, सबैजसो मतगणनास्थलमा जालीसमेत लगाइएको छ । मत च्यात्नेलगायतका सम्भावित गतिविधि रोक्न जाली लगाइएको हो । मतपेटिका ओसार–पसारमा पनि कुनै समूहबाट अवरोध हुन सक्ने भएकाले त्यसमा विशेष ध्यान दिन भनिएको छ । मतपेटिका ओसार–पसारमा सुरक्षा निकायले स्कर्टिङ गर्नेछन् । 

तीन जिल्लामा रिजर्भ फौज खटाइयो 
सुरक्षा चुनौती थपिएपछि प्रहरी प्रधान कार्यालयले तीन जिल्लामा रिजर्भ फौज खटाएको छ । चितवन, पश्चिम रुकुम र डडेल्धुरामा रिजर्भमा राखिएका प्रहरीलाई खटाइएको हो । चितवनमा कांग्रेस कार्यकर्ताको हत्या भएपछि सुरक्षा चुनौती बढेको भन्दै एक सय प्रहरी थपिएको छ । गत २५ वैशाखमा कांग्रेसका अनिल परियारको छुरा प्रहारबाट मृत्यु भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पनि पछिल्लो समय उम्मेदवारहरूबीच टकराव बढेपछि लुम्बिनी प्रदेशमा रिजर्भमा रहेका सुरक्षामा रहेका सुरक्षाकर्मीलाई त्यहाँ खटाइएको छ । त्यस्तै, पश्चिम रुकुममा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच दैनिक झडप भएकाले सुरक्षाकर्मी थपिएको हो । 

कार्यालय सुरक्षामा खटिएकालाई पनि तयारी अवस्थामा राखियो 
निर्वाचनमा कार्यालय सुरक्षालगायत काममा १० प्रतिशत प्रहरी राखेर अन्यलाई निर्वाचनको प्रत्यक्ष सुरक्षामा खटाइएको छ । कार्यालयमा राखिएका प्रहरीलाई पनि तयारी अवस्थामा राखेर आकस्मिक रूपमा कतै आवश्यक भए खटाउने तयारी भइरहेको छ । प्रहरीले १० हजार सात सय ५६ मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरी सुरक्षाकर्मी परिचालन गरेको छ । सामान्यतया, तीन प्रहरी र पाँच म्यादी, संवेदनशीलमा तीन प्रहरी र ६ म्यादी तथा अति संवेदनशीलमा तीन प्रहरी र आठजना म्यादी खटाइएको छ । मतदान केन्द्र धेरै भएका मतदानस्थलमा केन्द्रअनुसार म्यादी प्रहरी थपिएको छ ।