Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २८ बुधबार ०९:०३:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

एकै शीर्षकमा चार आर्ट ग्यालरीमा चित्रकला प्रदर्शनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २८ बुधबार ०९:०३:००

उपत्यकाका चार आर्ट ग्यालरीमा ‘रिभिजिटिङ द रुट्स इन नुआन्स मोडर्न’ शीर्षकमा चित्रकला प्रदर्शनी भइरहेको छ । १४ वैशाखदेखि पुल्चोकस्थित विकल्प आर्ट, सेन्टर ठमेलस्थित ग्यालरी अफ क्रिएटिभ्स, पुल्चोकस्थित पार्क ग्यालरी र ठमेलस्थित विद्रोह आर्ट ल्याब प्रदर्शनी जारी छ । 

प्रदर्शनीमा इतिहास र परम्परामा आधारित नेपालका समसामयिक ४५ जना कलाकारका पाँच सयभन्दा बढी कलाकृति प्रदर्शनीमा राखिएका छन् । विकल्प आर्ट सेन्टरले आयोजना गरेको प्रदर्शनीमा पश्चिमा र पूर्वीय संस्कृति, स्थानीय र विश्वव्यापी परम्परा झल्काउने चित्र राखिएका छन् । क्युरेटर सरोज महतोका अनुसार प्रदर्शनीको उद्देश्य नेपाली कला परिदृश्यको इतिहासदेखि वर्तमानसम्मको संस्कृतिको अवलोकन गराउनु हो । इतिहासलाई पुनरावृत्ति मात्रै गर्ने नभएर हाम्रो कला परम्परा र संस्कृतिबाट प्रेरणा लिने अवस्था सिर्जना गर्नु पनि प्रदर्शनीको उद्देश्य हो ।

प्रदर्शनीमा विभिन्न जातजाति भाषासंस्कृतिमा आधारित कलाकृति प्रदर्शनीमा राखिएको उनले बताए । ‘नेपालमा विभिन्न जातजातिको आ–आफ्नै भाषा र संस्कृति छ । त्यस्ता भाषा संस्कृतिलाई संरक्षण र प्रवद्र्धन गर्न जरुरी छ । नेपाली कलाको पहिचान गर्दै अन्तर्राष्ट्रियकरण गर्न आवश्यक छ ।’ उनले भने । 

प्रदर्शनीमा राखिएका अधिकांश कलाकृति नेपालमा विस्तार भएका कलाक्षेत्रसँग सम्बन्धित रहेका छन् । क्युरेटर महतो भन्छन्, ‘इतिहासले वर्तमानलाई निर्धारित गर्छ । कलामा पनि यो लागू हुन्छ । प्रदर्शनीमा राखिएका कलाकृतिले विगत र वर्तमान नेपालको समृद्ध कला परिदृश्यलाई वर्णन गर्छ ।’ प्रदर्शनीसँग कलाका विभिन्न पक्षमा केन्द्रित भई प्यालन छलफल पनि भइरहेको छ । 

प्रदर्शनीमा लैनसिंह बाङ्देल, आरएन जोशी, मनोजबाबु मिश्र, इन्द्र प्रधान, वीरेन्द्रप्रताप सिंहलगायतको कलाकृति राखिएका छन् । प्रदर्शनी १० जेठसम्म सञ्चालन हुनेछ । 

काठमाडौंमा ग्लोबल फ्रेन्डसिप आर्ट फेस्टिभल
 काठमाडौंमा मंगलबारदेखि ‘ग्लोबल फ्रेन्डसिप आर्ट फेस्टिभल नेपाल–०२२’ सुरु भएको छ । बंगलादेश कलाकार समूहको आयोजनामा भएको फेस्टिबलको यो तेस्रो संस्करण हो । फेस्टिबलको नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले उद्घाटन गर्दै सांस्कृतिक आदानप्रदान तथा दुई देशको ऐतिहासिक तथा मानवीय सभ्यतालाई जोड्न फेस्टिभल महत्वपूर्ण हुने बताए ।

राजदूत चौधरीले उक्त कार्यक्रम बंगलादेशको सांस्कृतिक विविधतालाई कलाका माध्यमबाट नेपालका कला पारखीलाई देखाउने अवसर भएको बताए । आपसी विश्वासमा बाँधिएको दुई देशको सम्बन्धलाई यस उत्सवले थप बलियो बनाउने र एक–अर्काको मूल्य मान्यतालाई स्वीकार गर्न सघाउने उनको भनाइ थियो । प्रदर्शनीमा नेपाल र बंगलादेशसहित भारत, अमेरिका, ग्रिस, क्यानडा र जापानका कलाकारका ३४ सिर्जना समावेश छन् । प्रदर्शनी पाँच दिनसम्म चल्नेछ ।