१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २७ मंगलबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख २७ मंगलबार १५:५७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा हरियाली, नेप्से ४४ अंकले बढ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख २७ मंगलबार १५:५७:oo

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। आइतबारबाट वृद्धि हुन थालेको नेप्से मंगलबार पनि बढेको छ। आज नेप्से परिसूचक ४४.१६ अंकले वृद्धि भएर दुई हजार तीन सय १३ बिन्दुमा पुगेको छ।

आज कारोबारमा आएका दुई सय २६ कम्पनीका ३३ लाख ३० हजार एक सय ५० कित्ता सेयर एक अर्ब ३५ करोड ६६ लाख ८७ हजार चार सय ६९ रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। कारोबार रकममा भने सोमबारको तुलनामा मंगलबार सामान्य गिरावट आएको छ। सोमबार एक अर्ब ३९ करोड ६ लाख सात हजार रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।

नेप्सेका सबै १३ उपसमूहमा हरियाली छाएको छ। जलविद्युत् उपसमूहको सूचक सबैभन्दा धेरै ३.८० प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको ३.२७ प्रतिशत बढेको छ। विकास बैंक, अन्य, जीवन बिमा र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। त्यस्तै, बैंकिङ, होटेल तथा पर्यटन, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ। व्यापार र म्यचुयल फन्ड उपसमूहको सूचक एक प्रतिशतभन्दा कमले बढेको छ।

आज तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ङादी ग्रुप पावर कम्पनी, बरुण हाइड्रोपावर र जाल्पा सामुदायिक लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, युनिभर्सल पावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर र नेसनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको छ। यता, उन्नति सहकार्य लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै २.५२ प्रतिशतले घटेको छ भने गुराँस लघुवित्तको १.६१ प्रतिशत र तारागाउँ रिजेन्सी होटेलको १.५४ प्रतिशतले घटेको छ।

मंगलबार ङादी ग्रुप पावरको सबैभन्दा धेरै नाै करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको चार करोड २५ लाख र नेपाल दूरसञ्चार कम्पनीको तीन करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।