१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २७ मंगलबार
  • Wednesday, 02 July, 2025
२o७९ बैशाख २७ मंगलबार १२:२५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

श्रीलंकाका प्रधानमन्त्रीको राजीनामा स्वीकृत, देशव्यापी कर्फ्यु घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २७ मंगलबार १२:२५:oo

श्रीलंकामा केही समययता सुरु भएको आर्थिक संकटको अवस्था झनै गहिरिएको छ। यहाँको आर्थिक संकटका कारण मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन्। प्रधानमन्त्री महिन्दा राजपाक्षेले सोमबार मात्र पदबाट राजीनामा दिएका छन्।

उनको राजीनामा राष्ट्रपति गोटबाया राजपाक्षेले स्वीकृत गरेका छन्। राजीनामा सोमबार मध्यराति नै स्वीकृत भएको श्रीलंकाली राष्ट्रपतिको कार्यालयले जनाएको छ। सरकारका विरुद्धमा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकामा देशव्यापी रूपमा कर्फ्यु घोषणा गरिएको छ।

यसअघि पनि सोमबार रातिदेखि मंगलबारसम्म लगाइएको कर्फ्यु आदेश बुधबारसम्मलाई थप गरिएको श्रीलंकाली सरकारले जनाएको छ। सोमबार मात्र बिहान प्रदर्शनकारीहरूले यहाँका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन्। उनीहरूमध्ये धेरैले प्रधानमन्त्री राजपाक्षेलाई पदबाट राजीनामा नदिनु भनेर प्रदर्शन गरेका बताइएको छ। रासस/सिन्ह्वा