१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २६ सोमबार
  • Sunday, 29 September, 2024
२o७९ बैशाख २६ सोमबार २१:१३:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

कांग्रेसका बागीले विज्ञप्तिमार्फत मेयरको उम्मेदवारी फिर्ता लिए, गठबन्धनलाई सघाउने घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २६ सोमबार २१:१३:oo

देशकै ठूलो महानगरको रूपमा रहेको पोखराको मेयरका लागि मनोनयन दर्ता गरेका कांग्रेसका बागी उम्मेदवारले सोमबार विज्ञप्तिमार्फत उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेस वडा नम्बर १४ का क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले गठबन्धनबाट मेयर पदका उम्मेदवार धनराज आचार्यलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् । 

पार्टीले दिएको निर्देशन मान्दै आफ्नो उम्मेदवारी निष्क्रिय भएको कार्कीले बताए । प्रेस विज्ञप्तिमा कार्कीले भनेका छन्, ‘साथीभाइको सल्लाह र अग्रज नेताहरूको आग्रहलाई मान्दै कांग्रेस र गठबन्धनका आधिकारिक उम्मेदवारलाई सघाउने निर्णय लिएको छु । मेरो उम्मेदवारी आजैदेखि निष्क्रिय भएको छ ।’ 

कार्कीले समेत सघाएपछि पोखरामा गठबन्धलाई केही सहज भएको कांग्रेस कास्कीका सहसचिव नवीन सिग्देलले जानकारी दिए ।