मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २६ सोमबार
  • Thursday, 19 December, 2024
२o७९ बैशाख २६ सोमबार २१:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्थानीय निर्वाचन : लमजुङमा सुरक्षा व्यवस्थामा कडाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २६ सोमबार २१:o६:oo

स्थानीय तह निर्वाचनको दिन नजिकिएसँगै लमजुङमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै लमजुङ प्रशासनले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याउने भएको छ । 

निर्वाचनलाई सुरक्षित र मर्यादित बनाउन २७ वैशाखदेखि प्रशासनले एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याउन लागेको हो । जसअनुसार निर्वाचनलाई शान्तिपूर्ण बनाउन लमजुङमा दुई हजार बढी सुरक्षाकर्मीको टोली परिचालन गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । 

सुरक्षाकर्मीहरूको संयुक्त टोलीले मतदान केन्द्रको सुरक्षाका साथै संवेदनशील भनी पहिचान गरिएका क्षेत्रहरूमा आवश्यक निगरानी र कडाइसमेत गर्नेछन्। त्यसका लागि निर्वाचन सेल र कमान्ड पोस्टसमेत गठन गरिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान आयोग र म्यादी प्रहरीको उक्त संयुक्त टोलीले जिल्लाभर रहेका १२३ मतदान स्थलको १८२ मतदान केन्द्रलाई सुरक्षा प्रदान गर्ने लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।