मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ बैशाख २२ बिहीबार ०७:३५:००
Read Time : < 1 मिनेट
निर्वाचन प्रिन्ट संस्करण

भरतपुरमा विवेकशील साझाको घोषणापत्र सार्वजनिक

Read Time : < 1 मिनेट
२०७९ बैशाख २२ बिहीबार ०७:३५:००

विवेकशील साझा पार्टीले भरतपुर महानगरमा भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक घोषणापत्रमा महानगरपालिका र वडाबाट गरिने काम एक वर्षभित्र डिजिटलाइज्ड गरिने उल्लेख छ । दुई वर्षभित्र सेवाग्राही कार्यालय आउन नपर्ने गरी सबै काम घरबाटै हुने व्यवस्था गरिने र सबै वडामा निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिने पनि उल्लेख गरिएको छ । 

विवेकशील साझाले नि:शुल्क तथा गुणस्तरीय सार्वजनिक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, सामाजिक सुरक्षा कार्यक्रम, शान्ति सुरक्षा, योजनाबद्ध पूर्वाधार विकासलाई आफ्नो घोषणापत्रमा सार्वजनिक गरेको छ ।

स्थानीय पाठ्यक्रमअन्तर्गत विद्यालयहरूमा खुसीको कक्षा सञ्चालन गरिने, जसअन्तर्गत व्यक्तिगत स्वच्छता, प्रकृतिप्रेम, योगसँगै नैतिक शिक्षा, खेलकुद, गीत–संगीत र चित्रकलामा जोड दिइने भनिएको छ ।

शिक्षालाई रोजगारमूलक तथा उद्यमशील बनाउने, उद्यमशीलताका कक्षाहरू सञ्चालन गर्दै शिक्षाको उत्कृष्ट अभ्यास सिक्न भारतको दिल्ली सरकार चलाइरहेको आम आदमी पार्टीसँग समन्वय गर्ने घोषणापत्रमा उल्लेख छ । घोषणापत्र सार्वजनिक गर्दै विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो पार्टीले राम्रा उम्मेदवार उठाएकाले मत दिन आग्रह गरे ।