१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ बैशाख २१ बुधबार ०७:०७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एसइई विद्यार्थीका लागि एनसेलको ‘पहिलो सिम’ योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ बैशाख २१ बुधबार ०७:०७:००

एनसेल आजियाटा लिमिटेडले ०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीका लागि ‘पहिलो सिम’ योजना ल्याएको छ । कम्पनीले एसइईका विद्यार्थीले प्रिपेड सिमको खरिदमा सोसल मिडिया प्रयोग गर्नका लागि चार जिबी डेटाका साथै रिचार्जमा बोनसलगायतका विभिन्न सुविधा भएको योजना ल्याएको हो । 

योजनाअनुसार एसइई ०७९ को परीक्षाको प्रवेशपत्र भएका सबै विद्यार्थीले आआफ्ना आमाबाबाबुको नागरिकताको फोटोकपी, एकप्रति पासपोर्ट साइज फोटोसहित नजिकैको एनसेल सेन्टरबाट र डाइरेक्ट सेलिङ प्वाइन्टहरूबाट पहिलो सिम लिन सक्ने जनाएको छ । ४८ रुपैयाँमा लिन सकिने यो सिमकार्डमा विद्यार्थीले १० रुपैयाँको मेन ब्यालेन्ससहित सामाजिक सञ्जाल (फेसबुक, युट्युब र टिकटक) प्रयोग गर्नका लागि चार जिबी डेटा (हरेक हप्ता एक जिबी डेटा गरी चार हप्तासम्म)को फाइदा लिन सक्ने जनाएको छ । 

यसका साथै पहिलो सिम प्रयोग गर्ने विद्यार्थीले रिचार्जमा बोनस पाउने जनाएको छ । जसअन्तर्गत विद्यार्थीले ६ महिनासम्म हरेक ५० रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा सामाजिक सञ्जाल चलाउन सात दिनसम्म मान्यता रहने एक जिबी डेटा बोनसस्वरूप प्राप्त गर्ने कम्पनीले जनाएको छ ।