मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २० मंगलबार
  • Thursday, 19 December, 2024
२o७९ बैशाख २० मंगलबार १४:१८:oo
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

उदयपुरमा बागी उम्मेदवारी दिने र सघाउने तीन दलका २६ नेता–कार्यकर्तालाई कारबाही 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख २० मंगलबार १४:१८:oo

उदयपुरका तीन ठूला दलले पार्टीको निर्णयविपरीत स्वतन्त्र रूपमा बागी उम्मेदवारी दिने र सघाउने जम्मा २६ जना नेता–कार्यकर्तामाथि कारबाही गरेको छ । नेपाली कांग्रेसले आठ, नेकपा एमालेले सात र नेकपा (माओवादी केन्द्र) ले ११ जनालाई कारबाही गरेको हो ।

कांग्रेस उदयपुरका जिल्ला सभापति हिमाल कार्कीका अनुसार चौदण्डीगढी नगरपालिकामा मेयरमा स्वतन्त्र रूपमा बागी उम्मेदवारी दिने प्रशान्त राई, कटारी नगरपालिकामा उपमेयरमा कृष्णबहादुर थापा, मेयरमा बालकृष्ण थापा, उपमेयरमा मनकुमारी भुजेललगायतका छन् । 

यसैगरी लिम्चुङबुङ गाउँपालिकामा उपाध्यक्षमा उम्मेदवारी दिने रमिला राई, ताप्ली गाउँपालिकामा अध्यक्षमा उम्मेदवारी दिने माधव रास्कोटी, उपाध्यक्षमा शर्मिला मगर, उदयपुरगढी गाउँपालिकामा तिलकबहादुर खपांगी मगर रहेका छन् । उनीहरू सबै बागी उम्मेदवार हुन् । सबैलाई पार्टीबाट निष्कासन गरिएको जनाइएको छ। 

माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोका अनुसार प्रदेश १ का १४ जिल्लाबाट १४ जनालाई कारबाही गरिएको छ । जसमा उदयपुरका ११ जना रहेका छन् । दुई प्रदेश १ समिति सदस्य कृष्णप्रसाद बराल र भीमबहादुर अधिकारी अनिल र प्रदेश १ विभाग सदस्य यदु ढकाललाई कारबाहीको पार्टी केन्द्रमा सिफारिस गरिएको छ । बरालले कटारी नगरपालिकामा मेयरमा बागी उम्मेदवारी दिएका छन् । अधिकारी र ढकालले बराललाई साथ दिएको आरोप छ ।

त्रियुगा नगरपालिकामा उपमेयरमा बागी उम्मेदवारी दिने सावित्रा थापा, लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने होमबहादुर किराती, चौदण्डीगढी नगरपालिको मेयरमा उम्मेदवारी दिने कमलध्वज राईलगायत छन् । कारबाहीमा परेका जिल्ला पार्टी सदस्य र पालिका सदस्यलाई निलम्बन गरेको नेम्वाङले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यसैगरी, एमाले प्रदेश १ ले प्रदेश समिति सदस्य भीमकुमारी राउतलाई कटारी नगरपालिकामा मेयरमा बागी उम्मेदवारी दिएको आरोपमा पार्टीबाट निष्कासन गरेको छ । एमालेमा राउतसहित सातजना कारबाहीमा परेका छन् ।