१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २० मंगलबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख २० मंगलबार o९:३३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नातिकाजी नेपाली संगीतमा स्वर्णिम काल भित्र्याउने स्रष्टा हुन् : राष्ट्रपति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख २० मंगलबार o९:३३:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले नातिकाजी श्रेष्ठ नेपाली संगीतको स्वर्णिम काल भित्र्याउने स्रष्टा भएको बताएकी छिन् । नातिकाजी स्मृति समाजद्वारा सोमबार राष्ट्रपति कार्यालयमा आयोजित ‘नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार, २०७७’ समारोहमा उनले यस्तो बताएकी हुन् ।

कार्यक्रममा उनले पुराना सर्जकले सिर्जना गरेका संगीतलाई नयाँमा पुस्तान्तरण गर्नुपर्ने उल्लेख गरिन् । राष्ट्रपति भण्डारीले नातिकाजीका सिर्जनामा राष्ट्र, राष्ट्रियता र देशप्रेम ओतप्रोत रहेकाले यो सम्पदाका रूपमा रहेको उल्लेख गरिन् । ‘नेपाली मौलिकताको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको कर्तव्य हो,’ उनले भनिन्, ‘नातिकाजी स्मृति समाजले कलाकारलाई सम्मान गरेर नवप्रतिभालाई प्रोत्साहित गरेको छ ।’

उनले कलाकारहरू मुलुकको सभ्यताको वाहक रहेको धारणा व्यक्त गरेकी छिन् । कलाकारका सिर्जना राष्ट्रका अमूल्य निधि र सम्पदा रहेको उनले बताइन् । ‘कुनै पनि समाजको सभ्यताको स्तरलाई कला, साहित्य र संगीतले प्रतिबिम्बत गरेको हुन्छ,’ उनले भनिन्, ‘अग्रज स्रष्टाहरूको अथक साधनाबाट सिर्जित मौलिक सिर्जनाले नै राष्ट्रको पहिचान स्थापित गर्छ ।’

नातिकाजी स्मृति समाजका अध्यक्ष वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले नातिकाजी बाल्यकालदेखि जीवनको अन्तिम समयसम्म संगीत सिर्जनामा लागेको उल्लेख गरे । उनले नातिकाजी सम्मान तथा पुरस्कार राज्यतहबाटै प्रदान गर्नुपर्ने बताए । त्यसका लागि राज्यले नेतृत्व लिनुपर्ने उनको भनाइ थियो ।