मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १९ सोमबार
  • Thursday, 19 December, 2024
२o७९ बैशाख १९ सोमबार २o:o१:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

एमालेका बागी उम्मेदवारलाई कारबाही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख १९ सोमबार २o:o१:oo

स्थानीय तहको निर्वाचनमा पार्टी हितविपरीत गतिविधि गरेको भन्दै एमालेले लुम्बिनी प्रदेश कमिटीका ६ सदस्यसहितका २१ नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ । रुपन्देहीमा पार्टीका उम्मेदवारका विरुद्धमा बागी उम्मेदवार बनेका १५ जनालाई एमालेले कारबाही गरेको छ । 

एमाले प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले  सोमबार विज्ञप्ति जारी गरेर प्रदेश कमिटीका सदस्यहरू कुमारमधु बेल्वासे कपिलवस्तु, रामबहादुर रावल पाल्पा, दिनेश रावल पाल्पा, टीकाबहादुर गुरुङ प्युठान, सञ्जय गुप्ता  रुपन्देही र बाबुलाल यादव रुपन्देहीलाई कारबाही गरेको बताएका छन् । 

केही व्यक्ति पार्टी निर्णयविरुद्ध लागेको र केही व्यक्ति स्वतन्त्र उम्मेदवारसमेत बनेको भन्दै कँडेलले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको जानकारी दिए । 

यस्तै, रुपन्देहीमा पार्टी निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका १५ जनालाई एमालेले कारबाही गरेको छ । एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीका अनुसार केही पालिकामा पार्टी निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएकालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही भएको छ।