१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १४ बुधबार
  • Saturday, 28 September, 2024
गणेश लम्साल विराटनगर
२o७९ बैशाख १४ बुधबार १३:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विप्लव नेतृत्वको नेकपाका दुई कार्यकर्ता थुनामुक्त 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ बैशाख १४ बुधबार १३:१६:oo

अढाई वर्षअघि पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता थुनामुक्त भएका छन् । नेकपाका मोरङ जिल्ला सेक्रेटरी कुमार खतिवडा र जिल्ला नेता बालकुमार डाँगी थुनामुक्त भएका हुन् । १६ असोज ०७६ मा संगठित अपराध तथा विस्फाेटक पदार्थसम्बन्धी कसुरमा पक्राउ परेका सेक्रेटरी खतिवडा र नेता डाँगी  सोमबार मोरङ अदालतको फैसलाबाट थुनामुक्त भएका हुन् । 

जिल्ला अदालत मोरङका न्यायाधीश किशोर घिमिरेको इजलासले उनीहरूलाई धरौटीमा छाड्ने फैसला गरको थियो । सेक्रेटरी खतिवडा र डाँगी दुवै मोरङको बुढीगंगा गाउँपालिकानिवासी हुन् । अदालतबाट  छुटेका दुवैले नेकपामा नै रहेर सक्रिय राजनीति गर्ने बताएका छन् ।