आसन्न स्थानीय तहकाे निर्वाचनका लागि भरतपुर महानगरपालिकामा विवेकशील साझाबाट २८ वर्षीय इन्जिनियर प्रवीन काफ्लेले मेयरमा मनोनयन दर्ता गराएका छन्। उपमेयरमा पुष्पा सापकोटाले नाम दर्ता गराएकी छिन्।
मेयरका उम्मेदवार प्रवीण काफ्ले र उपमेयरकी उम्मेदवार पुष्पा सापकोटा इ–रिक्सा चढेर मुख्य निर्वाचन अधिकृतको कार्यालय आएका थिए । उनीहरूले हातमा पार्टीको चुनाव चिह्न तराजु पनि बोकेका थिए।