मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख १२ सोमबार
  • Thursday, 19 December, 2024
२o७९ बैशाख १२ सोमबार १४:३४:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

हेटौंडा उपमहानगरमा एमालेले गर्‍याे उम्मेदवारी दर्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख १२ सोमबार १४:३४:oo

स्थानीय तहको निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ । निर्वाचन कार्य तालिकाअनुसार एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हेटौंडा उपमहानगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुमा उम्मेदवारी दर्ता गरेको हो । एमालेबाट प्रमुखमा अनन्त पौडेल र उपप्रमुखमा सुमित्रा काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी उपमहानगरका १९ वटै वडाअध्यक्ष र वडा सदस्यहरुको उम्म्मेदवारी दर्ता भएको एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले बताए । हेटौंडा–५ स्थित सानोपोखरामा रहेको मदन स्मृति भवन पार्टी कार्यालयबाट बाजागाजा र झाँकीसहित एमालेका नेता कार्यकर्ताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

गठबन्धनबाट भने हालसम्म कुनै पदमा उम्मेदवारी दर्ता गरेको छैन । गठबन्धनबाट प्रमुखमा नेकपा एकीकृत समाजवादीकी मीना लामा र नेपाली काँग्रेसका राजेश बानियाँ उपप्रमुखको उम्मेदवार तय भइसकेका छन् । लामा बर्तमान उपप्रमुख र बानियाँ हेटौंडा ५ का वडा अध्यक्ष हुन् ।