मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ११ आइतबार
  • Thursday, 19 December, 2024
२o७९ बैशाख ११ आइतबार ११:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले काभ्रेले टुंग्यायो स्थानीय तहको उम्मेदवार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ११ आइतबार ११:५२:oo

एमाले काभ्रेले १३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेदवार टुंग्याएको छ। ६ नगरपालिका र सात गाउँपालिका रहेको काभ्रेमा एमालेले सबै पालिकामा उम्मेदवार टुंगो लगाएको हो।

एमाले काभ्रेका सचिव राजन भुर्तेलका अनुसार १३ वटै पालिका र एक सय ३५ वटै वडामा उम्मेदवार टुंगो लागेको छ। उनका अनुसार धुलिखेल नगरपालिका प्रमुखमा अशोक व्यञ्जु श्रेष्ठ र उपप्रमुखमा लालतारा अधिकारी, बनेपाको प्रमुखमा रत्नकुश रञ्जित र उपप्रमुखमा विमला सापकोटा, पनौतीको प्रमुखमा भीम न्यौपाने र उपप्रमुखमा गीता बञ्जरालाई उम्मेदवार बनाउने निर्णय भएको छ। त्यसैगरी, नमोबुद्धको प्रमुखमा राजन भुर्तेल र उपप्रमुखमा सम्झना लामा, मण्डनदेउपुरको प्रमुखमा विदुर सापकोटा र उपप्रमुखमा सरिता ढकाल तथा पाँचखालको प्रमुखमा कञ्चन अधिकारी र उपप्रमुखमा सूर्यमाया दनुवारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

एमालेले भुम्लु गाउँपालिकाको अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा कल्पना श्रेष्ठ, चौरीदेउरालीको अध्यक्षमा जिताराम लामा र उपाध्यक्षमा बबिता खरेल, बेथानचोकको अध्यक्षमा कमल तिमिल्सना र उपाध्यक्षमा सरला लामिछाने, रोशीको अध्यक्षमा देवसागर लामा र उपाध्यक्षमा बबिता बोहरा, तेमालको अध्यक्षमा इन्द्र तामाङ र उपाध्यक्षमा सम्तेन लामा, खानीखोलाको अध्यक्षमा डम्बर तिमल्सिना र उपाध्यक्षमा रुकमणि गुरुङ तथा महाभारतको अध्यक्षमा पूर्णबहादुर वाइबा र उपाध्यक्षमा शान्ति तितुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उम्मेदवार टुंगो लागिसकेको भए पनि सबै स्थानीय तहमा १२ गते सोमबार मात्र उम्मेदवारी दर्ता गर्ने एमालेले तयारी छ।

०७४ सालको स्थानीय तह निर्वाचनमा काभ्रेमा एमाले सात, कांग्रेस चार र माओवादी केन्द्र दुई स्थानीय तहमा विजयी भएका थिए। एमाले फुटेपछि मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइवा, नमोबुद्ध नगर उपप्रमुख रामदेवी तामाङ र भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठ एकीकृत समाजवादीतर्फ छन्।