१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार १७:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रेमिट्यान्सलाई उत्पादनमा जोड्ने विशेष कार्यक्रम हुनुपर्छ : प्रदीप पौडेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १७:१९:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वैदेशिक रोजगारबाट नागरिकले पठाएको पुँजीलाई उत्पादनमा जोड्ने विशेष कार्यक्रम हुनुपर्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत नेता पौडेलले रेमिट्यान्स तथा वैदेशिक रोजगारीबाट नागरिकले पठाइरहेको पुँजीलाई ‘च्यानलिङ गरेर उत्पादनसँग जोड्नका लागि राज्यसँग विशेष कार्यक्रम हुनुपर्ने बताएका हुन् । 

अनुत्पादक क्षेत्रमा बढेको लगानीलाई रोकेर वैदेशिक सहयोग, ऋण र अनुदानभन्दा नागरिकमार्फत लगानीको वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ । 

‘वैदेशिक सहयोग, ऋण र अनुदानभन्दा प्राथमिकतामा नागरिकमार्फत लगानीको वातावरण निर्माण गर्नुपर्छ । अनुत्पादक क्षेत्रमा बढेको लगानी रोकेर उत्पादनमा जोड्न सक्नुपर्छ । रेमिट्यान्सलगायत वैदेशिक रोजगारीबाट नागरिकले पठाइरहेको पुँजीलाई च्यानलिङ गरेर उत्पादनमा जोड्ने विशेष कार्यक्रम हुनुपर्छ,’ पौडेलको ट्विट छ । 
 

वैदेशिक सहयोग,ऋण र अनुदान भन्दा प्राथमिकतामा नागरिक मार्फत लगानीको वातावरण निर्माण गर्नुपर्छ।अनुत्पादक क्षेत्रमा बढेको लगानी रोकेर उत्पादनमा जोड्न सक्नुपर्छ।रेमिट्यान्स लगायत वैदेशिक रोजगारीबाट नागरिकले पठाइरहेको पुँजीलाई च्यानलिङ्ग गरेर उत्पादनमा जोड्ने विशेष कार्यक्रम हुनुपर्छ।

— Pradip Paudel (@paudelpradipNC) April 15, 2022

 

ad
ad