मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २९ मंगलबार
  • Thursday, 19 December, 2024
२o७८ चैत २९ मंगलबार १७:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिमा गाउँपालिकामा एमालेले टुंग्यायो उम्मेदवार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २९ मंगलबार १७:३४:oo

नेकपा (एमाले) जुम्लाले हिमा गाउँपालिकामा उम्मेदवार टुंग्याएको छ। एमाले जुम्लाले प्रमुख र उपप्रमुखका उम्मेदवारको टुंगो लगाएको हो। गाउँपालिकाको प्रमुखमा जयबहादुर खत्री र उपप्रमुखमा भागरती शाहीलाई उम्मेदवार घोषणा गरेको छ।

प्रमुख र उपप्रमुखको उम्मेदवारी घोषणासँगै पार्टीले गाउँपालिकामा घरदैलोसमेत गरेको छ। एमाले जिल्ला सचिव धनकृष्ण पाण्डेले पहिलो चरणमा हिमा गाउँपालिका प्रमुख र उपप्रमुखको मात्रै उम्मेदवार टुंगो लगाएको जानकारी दिए। ‘अहिले प्रमुख र उपप्रमुखको मात्रै उम्मेदवार तय भएको छ,’ उनले भने, ‘वडाबाट सिफारिस भई आउने क्रम जारी छ।’

यता, वडा तथा पालिका तहबाट तिला गाउँपालिकाको प्रमुखमा रेशमबहादुर शाहीको नाम मात्रै सिफारिस भएको एमाले केन्द्रीय सदस्य रतननाथ योगीले बताए। उनले भने, ‘पालिका प्रमुखमा एकजनाको नाम मात्रै सिफारिस भएकाले स्वतः जिल्ला कमिटीले निर्णय गर्ने देखिएको छ।’ शाही एनजिओकर्मी हुन्। केही समयदेखि मात्र उनले एनजिओमा काम गर्न छाडेर पूर्णकालीन राजनीतिक यात्रा सुरु गरेका हुन्। उपप्रमुखमा भने जुना बोहरा र अम्बिका शाहीसहित तीनजनाको नाम सिफारिस भई आएको बताइएको छ।
 
०७४ को स्थानीय तहको निर्वाचनमा तिला गाउँपालिका प्रमुखमा एमालेकै रतननाथ योगीले माओवादीका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका थिए। जो अहिले एमालेको केन्द्रीय सदस्य छन्।