१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत २७ आइतबार
  • Friday, 28 June, 2024
२o७८ चैत २७ आइतबार १८:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

ललितपुर महानगर : मेयरमा हरिकृष्ण व्यञ्जनकार एमालेको उम्मेदवार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत २७ आइतबार १८:o६:oo

एमालेले ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकारलाई सर्वसम्मत उम्मेदवार चयन गरेको छ । एमाले महानगर कमिटीको शनिबार बसेको बैठकले उनलाई सर्वसम्मत रूपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो। 

पार्टीको निर्णयअनुसार आफू आगामी निर्वाचनको लागि उम्मेदवार चयन भएको व्यञ्जनकारले बताए। स्थानीय तहको निर्वाचन नजिकिएसँगै ललितपुर महानगरमा एमालेका तर्फबाट चुनाव लड्ने दाबी व्यञ्जनकार गर्दै आएका थिए। पार्टीमा निर्वाह गरेको भूमिकाको आधारमा उनलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो। 

महानगरको उपमेयरमा एमालेबाट दुईजनाको चर्चा छ। पार्टीकी प्रदेश कमिटी सदस्य सरस्वती खड्का र महानगर कमिटी अध्यक्ष आस्था शाक्य ‘मञ्जली’ले उपमेयरमा दाबी गर्दै आइरहेका छन्। मेयरको उम्मेदवार चयन भएका व्यञ्जननकार एमालेको केन्द्रीय कमिटी सदस्य र ललितपुर जिल्ला सहइन्चार्जसमेत हुन्।

यसअघि २०७४ को स्थानीय तह निर्वाचन निर्वाचनमा उनी मेयरमा पराजित भएका थिए । त्यतिवेला कांग्रेसका चिरिबावु महर्जनसँग ३३६ मतले उनी पराजित भएका थिए।

ad
ad
ad
ad