मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २७ आइतबार १४:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पुँजीगत खर्च बढाउने होइन, रोक्नुपर्ने अवस्था छ : सुरेन्द्र पाण्डे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २७ आइतबार १४:३६:००

एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा पुँजीगत खर्च बढाउने अवस्था नरहेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पुँजीगत खर्च रोक्नुपर्ने अवस्थामा पुगेको बताएका हुन्।

ठेकेदारहरूबाट माग भएभन्दा सरकारको ढुकुटीमा रहेको रकम कम भइसकेकाले पुँजीगत खर्च रोक्नुपर्ने उनको धारणा छ। ‘अहिले पुँजीगत खर्च बढाउने अर्को समस्या आइरहेको छ। किनभने हाम्रो ढुकुटीको क्यास डिपोजिट जम्मा ३३ अर्ब मात्र छ। अहिले ठेकेदारहरूबाट माग भएको ५० अर्बभन्दा बढी छ। यदी पुँजीगत खर्च बढ्ने हो भने हामीले दिन सक्दैनौँ,’ पाण्डेले भने, ‘त्यसकारण पुँजीगत खर्च रोक्नुपर्ने अवस्था छ। यो बढाउने होइन, पैसा दिनै नसक्ने अवस्था भएपछि कसरी दिने ?’

विदेशी मुद्राको चाप बढेको अवस्थामा पनि सरकारले छोकडा, केराउ, सुपारी, पोस्ता दाना, ड्रोनजस्ता सामान आयातको अनुमति दिइरहेकोप्रति उनले प्रश्न उठाएका छन्। यस्ता सामान आयात गर्ने र पुनः अन्यत्र लगेर भन्सारमा हुने अन्तरबाट लाभ लिने कार्य भइरहेको उनले बताए। ‘यी सामान नेपालका लागि हुन् कि यहाँबाट बाहिर लगेर त्यसको ड्युटी डिफरेन्स लाभ लिनका लागि  गरिँदै छ। यो के उद्देश्यले गरिँदै छ ?’ उनले भने ।