१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख २१ शुक्रबार १o:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आठ वर्षीय बालकको शव सेफ्टी ट्यांकीमा फेला

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:५२:oo

बालक गत चैत २० गते राति ८ बजे गाउँमै न्वारानको भोज खान जाँदै गर्दा बेपत्ता भएका थिए

सर्लाहीको मलंगवामा बेपत्ता भएका एक बालकको शव सेफ्टी ट्यांकीमा फेला परेको छ । मलंगवा नगरपालिका– १२, गम्हरियानिवासी दीपेन्द्र ठाकुरका आठ वर्षीय छोरा मिठु भनिने आकाश ठाकुरको छिमेकीले हत्या गरेर सेफ्टी ट्यांकीमा लुकाएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । विगत पाँच दिनदेखि बेपत्ता भएका बालकको शव बिहीबार छिमेकी जगदीश ठाकुरको सेफ्टी ट्यांकीमा लुकाएको अवस्था फेला परेको हो । 

बालक गत चैत २० गते राति ८ बजे गाउँमै न्वारानको भोज खान जाँदै गर्दा बेपत्ता भएका थिए । राति अबेरसम्म फेला नपरेपछि बालकका परिवारले सोही राति ११ बजे जिल्ला प्रहरीमा बालक हराएको जानकारी गराएका थिए ।  जानकारी प्राप्त भएलगत्तै प्रहरीले बालकको खोजी तीव्र पारेको थियो । तैपनि बालक फेला नपरेपछि प्रहरीले अनुसन्धान अधिकृत नै तोकेर अनुसन्धान सुरु गरेको थियो । 

घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीले शंकाको आधारमा छिमेकी जगदीश ठाकुरलगायत उनका परिवारका अन्य सदस्यलाई समेत नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सोही क्रममा बालकको शव लुकाएको ठाउँ पत्ता लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पक्राउ परेका अभियुक्तले देखाएअनुसार बिहीबार सेफ्टी ट्यांकीबाट बालकको शव बरामद भएको हो ।

प्रहरीले सेफ्टी ट्यांकीबाट बालकको शव बरामद गरेसँगै अहिले गाउँ शोकमा डुबेको छ । छोराको शव देख्नेबित्तिकै बालककी आमा महासुन्दर ठाकुर अचेत  छिन्

अभियुक्तले भनेअनुसार सेफ्टी ट्यांकीको ढकन खोलेर हेर्दा बोराभित्र हालेर लुकाएको अवस्थामा बालकको शव फेला परेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बालकको बेपत्ता भएकै राति हत्या भएको आशंका गरिएको छ । बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा मलंगवामा राखिएको छ । 

सातजना नियन्त्रणमा
बालकको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले छिमेकी जगदीश ठाकुर र उनको परिवारका सातजनालाई नियन्त्रणमा लिएको छ । अभियुक्तहरूलाई नियन्त्रणमा लिएर घटनाको सूक्ष्म ढंगबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
 
फरौतीसमेत मागियो

यसैबीच अभियुक्तहरूले बालकका बुबा दीपेन्द्र ठाकुरलाई फोन गरेर फिरौतीसमेत माग गरेको पारिवारिक स्राेतको भनाइ छ । तर, यसको विषयको पुष्टि नभएको प्रहरीले जनाएको छ । प्रहरीले सेफ्टी ट्यांकीबाट बालकको शव बरामद गरेसँगै अहिले गाउँ शोकमा डुबेको छ । छोराको शव देख्नेबित्तिकै बालककी आमा महासुन्दर ठाकुर अचेत भएकी छिन् । उनलाई होसमा ल्याउन र सम्झाउन आफन्त र छिमेकीलाई हम्मेहम्मे परिरहेको छ । घटनास्थलमा उपस्थित आफन्त र छिमेकी कसैको आँखा ओभानो छैन । वैदेशिक रोजगारीका रहेका बालकका बुबा दीपेन्द्र ठाकुर  छोरा बेपत्ता भएको खबर पाएलगत्तै घर आएका छन् । उनी दुई दिनअघि मात्र घर आइपुगेका हुन् । 
 

ad
ad