श्रीलंकाका राष्ट्रपतिद्वारा संकट निवारणका लागि सल्लाहकार समूह गठन

बिहिबार, २४ चैत, २०७८
डिजिटल संस्करण

श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले देशको आर्थिक संकट निवारणका लागि सल्लाहकार समूह गठन गरेका छन्। देशमा आर्थिक संकट टार्न तत्काल गर्नुपर्ने र दीर्घकालका लागि गर्नुपर्ने काम तथा निर्णयबारे सल्लाह लिन समूह गठन गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

सल्लाहकार समूहसँग उनले निरन्तर छलफल गर्दै सरकारी कदम अगाडि बढाउने अधिकारीहरूले जनाएका छन्। सल्लाहकार समूहमा यहाँको केन्द्रीय बैंकका पूर्वगभर्नर इन्द्रजित कुमारास्वामी, विश्व बैंकका पूर्वप्रमुख अर्थशास्त्री शान्त देवराजनलगायतका अर्थविद्हरू रहेका छन्। सल्लाहकार समूहले विश्व मुद्रा कोषसँग पनि सहयोग र सहकार्यका लागि निरन्तर पहल गर्ने जिम्मेवारी पाएको छ। रासस/सिन्ह्वा

सुझावित समाचार