१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १८ शुक्रबार
  • Saturday, 10 May, 2025
२o७८ चैत १८ शुक्रबार १७:४६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

पाटनमा यसरी मनाइयो घोडेजात्रा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत १८ शुक्रबार १७:४६:oo

ललितपुरको बालकुमारी हुँदै पाटन दरबारसम्म घोडेजात्रा पर्व मनाइएको छ। उपत्यकाभित्र ललितपुरमा फरक किसिमले  घोडेजात्रा मनाइन्छ। यहाँ घोडेजात्रा सञ्चालनको तयारी गुठीले नै गर्छ। स्थानीय टोलको मुख्य व्यक्ति घोडामा चढ्छन्। पाटनस्थित बल्खुटोलका स्थानीयले उक्त घोडेजात्रा आयोजना गर्छन्। त्यसको लागि टोलमा घोडासमेत पालिएको छ। स्थानीयहरूले परम्परागत शैलीमा घोडेजात्रा मनाउँदै आएका छन्। 

संस्कृतिविद् हरिराम जोशीका अनुसार ललितपुरमा काठमाडौंभन्दा पहिले यो जात्रा सुरु भएको थियो। यो जात्रा मध्यकाल अर्थात १७/१८औँ शताब्दीमा सुरु भएको थियो। तत्कालीन समयमा जनतालाई दुःख दिनेहरूलाई घोडा दौडाएर कुल्चने चलन रहेको संस्कृतिविद् जोशीले बताए। 

‘त्यतिवेलाकै जनता र शासकहरूले पाटनमा यो जात्रा सुरु गरेका थिए, यो उपत्यकामा मनाइने घोडेजात्रामा भन्दा पुरानो छ,’ उनले भने, ‘काठमाडौंमा शाहकालमा घोडेजात्रा सुरु भएको थियो।’ उनका अनुसार ललितपुर, भक्तपुर र पाटनको सीमाना बालकुमारीदेखि मंगलबजारसम्म घोडेजात्रा गरिने प्रचलन छ।