मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १८ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका विराटनगर
२o७८ चैत १८ शुक्रबार १६:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विराटनगर विमानस्थलको चाँडै स्तरोन्नति गरिनेछ : मन्त्री आले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o७८ चैत १८ शुक्रबार १६:५८:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलको स्तरोन्नति चाँडै गरिने बताएका छन्। शुक्रबार विराटनगर विमानस्थलको अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री आलेले स्तरोन्नतिलगायत भौतिक संरचना निर्माणको काम चाँडै गरिने बताए।

उनले भने, ‘विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि बजेट विनियोजन भइसकेको छ, भौतिक संरचनालगायत काम चाँडै गरिनेछ।’ मन्त्री आलेले विमानस्थल स्तरोन्नतिका लागि रकम अपुग भए आगामी आर्थिक वर्षको बजेटमा विनियोजन गर्ने जानकारी दिए।

विराटनगरबाट अन्य क्षेत्रमा हवाईसेवा सञ्चालन गर्न पहल भइरहेको उनले बताए। क्षेत्रीयस्तरको विमानस्थल निर्माण गर्न जग्गा अधिग्रहणका लागि १७ करोड रुपैयाँ आवश्यक पर्ने मन्त्री आलेले उल्लेख गरे।

‘विराटनगर क्षेत्रीयस्तरको विमानस्थल बनाउन आवश्यक छ,’ मन्त्री आलेले भने। विराटनगर विमानस्थलमा रहेका कतिपय संरचना जीर्ण भएका र केही पुनर्निर्माण गर्नुपर्ने देखिएकाले त्यसका लागि बोलपत्र आह्वान भइसकेको उनले जानकारी दिए। रासस