१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

टिसिएलको नयाँ वर्ष अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:२३:oo

टिभी ब्रान्ड टिसिएलले ‘नयाँ वर्षको टिसिएलमय सुरुवात !’ नामक योजना सुरु गरेको छ । कम्पनीले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरू खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरू प्राप्त गर्न सक्ने योजना ल्याएको हो । 

११ चैतदेखि सुरु भएको यो योजना सीमित अवधिसम्म मात्र सञ्चालन हुने कम्पनीले जनाएको छ । योजनाअनुसार ग्राहकले टेलिभिजनको खरिदमा ५९ हजार रुपैयाँसम्मको छुट पाउन सक्ने जनाइएको छ । त्यस्तै, कभर्ड टेलिभिजनको खरिदमा १९ हजार रुपैयाँ छुटका साथै एक थान टिभी स्टक पनि उपहारमा पाइने कम्पनीले जनाएको छ । वासिङ मेसिन खरिदमा २७ हजार चार सय रुपैयाँ छुटका साथै ६ केजीको एरिअल वासिङ पाउडर उपहार पनि पाउन सक्ने जनाइएको छ । 
रेफ्रिजेरेटरको खरिदमा ३३ हजार चार सय रुपैयाँ छुट पाउनुका साथै केन्टको ओजोन एयर प्युरिफायर उपहार दिने कम्पनीले जनाएको छ । एयर कन्डिसनरको खरिदमा ५३ हजार सात सय रुपैयाँसम्म छुटका साथै चार हजार रुपैयाँबराबरको निःशुल्क एसी जडान सुविधा पनि पाउने कम्पनीले जनाएको छ । त्यस्तै, वाटर डिस्पेन्सरको खरिदमा चार हजार नौ सय रुपैयाँ छुट तथा चेस्ट फ्रिजरको खरिदमा १४ हजार आठ सय रुपैयाँसम्मको छुट पाउने जनाइएको छ । यसका साथै कम्पनीले फ्री डेलिभरी तथा शून्य प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधा पनि दिएको उल्लेख गरेको छ ।

 सिजी इलेक्ट्रोनिक्सले काठमाडौंभित्र टंगाल, कुमारीपाटी, भक्तपुर राधेराधे, कीर्तिपुर, रविभवन, हातीगाैँडा, त्रिपुरेश्वर, नयाँबजार र काठमाडौंबाहिर इटहरी, हेटौँडा, भरतपुरमा रहेको सिजी डिजिटल सोरुममार्फत योजनाका सुविधा दिइरहेको जनाएको छ । 

ad
ad